२०७७ मंसिर १०, बुधबार

जेष्ठ नागरिकलाई सम्मान

सुर्खेत, असोज १६ ।
२६ औ अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा प्रशान्ति बृद्धाश्रम सुर्खेतका २ जना जेष्ठ नागरीकलाई सम्मान गरिएको छ ।  दिवसका अवसरमा वीरेन्दं्रनगर १८ का ९७ बर्षिय बसुन्धरी खरेल र वीरेन्द्रनगर २० का ९६ बर्षका प्रमानन्द धमलालाई सम्मान गरिएको संचालक समितिका सदस्य भद्र भण्डारीले जानकारी दिए । उनीहरुलाई दोसल्लाह,खादा,अबिर लगाएर सम्मान गरिएको थियो ।

यस्तै दिवसकै अवसरमा जेष्ठ नागरिकहरुलाई फलफूल बितरण समेत गरिएको छ । कार्यक्रममा संचालक समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जेष्ठ नागरिकको ज्ञान र सीपलाई बिकासमा लगाउन सरकारले पहल गर्नु पर्ने बताए । जेष्ठ नागरिकहरुको सेवामा निरन्तर लागिरहेको प्रशान्ति बृद्धाश्रममा अहिले १२ जना जेष्ठनागरीकहरु आश्रममै बसिरहेका छन् ।

यस्तै दिउँसोको समयमा एक सय ५० जना जेष्ठ आमाबुवाहरु आश्रममा बस्ने गरेको भण्डारीले जानकारी दिए ।