२०७७ मंसिर १५, सोमबार

कागजको चिर्कटले पुछिदिएको मेरो सिन्दुर-‘यर्थाथ जीन्दगीको कथा’

तिम्रो झुटो कुराले अल्झायो मलाई
सिन्दुर पोते चुराले अल्झायो मलाई
माया र साथ खोज्दा तिमी टाढा भयौ
तिखो वचनको छुराले अल्झायो मलाई

चसक्क मुटु बिझाउने गरी फेरी आज पनि सम्झिएँ तिमीलाई । सकिँदो रहेनछ त्यो छुटपत्रको कागजमा साईन गरेर सजिलै तिमीले सम्बन्ध टुटाएजसरी मैले टुटाउन सकिनँ । यस्तो लाग्छ अँझैपनि कतैबाट मसामु पहिले जस्तै गरी मलाई खोज्दै आउँछौ कि भन्ने अँझै लाग्छ कतै यी हावाको वेगसँगै तिमीले मप्रतिका स्पर्श पठाएका छौ कि भन्ने । अनि हुन्छु म अदृश्य कल्पनामा, हराउँछु सपनिमा रुन्छु विपनिमा ।

खै सायद तिम्रो त्यो दिलभित्र साइन गर्न सकेको भए मनमुटुको सम्बन्ध पनि भुल्न सक्थे होला तर अँहँ सकिएन भुल्न । कागजको टुक्राले तोडिएको सम्बन्धलाई मेरो यो मनबाट तोड्न सकेन मैले । जब जब मनभित्र तिम्रा यादहरुले दस्तक दिन थाल्छन् हो त्यति नै बेला खड्किन्छ तिम्रो अभाव अनि आउँछ तिम्रो धेरै याद ।

साँच्चै भनुँ त तिमीबाट विछोड हुँदाको त्यो आलो घाउ भन्दा त्यसपछिका यी दिनहरु कटाउँदा मैले भोग्नुपरेको पिडा खप्न मलाई धेरै गाह्रो भएको छ मलाई । बस्न म बसेकी छु यो विरानो ठाउँमा तिमीले दिएको एउटा कागजी टुक्राको एक छेउमा साईन गरेर अनि भौतिक रुपमा टाढा भएर बसेकी छु । तर सकेन मैले त्यो कागजी चिर्कटको सम्बन्धमा साईन गरेजस्तै गरी तिम्रो दिलमा साईन गर्न सकेन मैले ।

खै सायद तिम्रो त्यो दिलभित्र साइन गर्न सकेको भए मनमुटुको सम्बन्ध पनि भुल्न सक्थे होला तर अँहँ सकिएन भुल्न । कागजको टुक्राले तोडिएको सम्बन्धलाई मेरो यो मनबाट तोड्न सकेन मैले । जब जब मनभित्र तिम्रा यादहरुले दस्तक दिन थाल्छन् हो त्यति नै बेला खड्किन्छ तिम्रो अभाव अनि आउँछ तिम्रो धेरै याद ।

अनि तिमीले कुनै दिन समाएका यी मेरा हातहरु नतमस्तक हुन पुग्छन् । अँझै पनि थाहा पाएन मैले मसँग तिम्रो यादको नाता के छ भनेर तिमीले त मप्रतिका सारा नाताहरु डिभोर्स पेपरमा साईन गरेर अन्त्य ग¥यौ हैनर ? अँझ फेरी किन तिम्रा यादहरु मलाई पछ्याउँदै यहाँसम्म आएका छन् । त्यो दिन सम्झिँदा त अँझै पनि मन अँध्यारो भएर आउँछ ।

कति सजिलै तिमीले कसरी अर्काले दिएको कागजको चिर्कटमा दुई अक्षर साईन गरेर मलाई जिन्दगीबाट नै टाढा बनायौ है सँधैका लागि । म मान्थे होला यदि मनको अदालतले मेरो मनभित्रका तिमीप्रतिका यादहरु मेटाएर रगतले दस्तखत गराउँथ्यो भने । मान्थे होला जुन पेपरमा साईन गरेपनि तिमीप्रतिका यादहरु हराउँथे र कुनै यादहरु नआउने गरी साईन हुन्थ्यो भने म यो अदालत सही हो भनेर मान्थे ।

कति सजिलै तिमीले कसरी अर्काले दिएको कागजको चिर्कटमा दुई अक्षर साईन गरेर मलाई जिन्दगीबाट नै टाढा बनायौ है सँधैका लागि । म मान्थे होला यदि मनको अदालतले मेरो मनभित्रका तिमीप्रतिका यादहरु मेटाएर रगतले दस्तखत गराउँथ्यो भने । मान्थे होला जुन पेपरमा साईन गरेपनि तिमीप्रतिका यादहरु हराउँथे र कुनै यादहरु नआउने गरी साईन हुन्थ्यो भने म यो अदालत सही हो भनेर मान्थे ।

तर जुन पेपरमा तिमीले साईन गरायौ त्यो पेपर त धमिरा लागेर धुलो हुन पनि सक्छ, आगो लगाउने हो भने जल्न पनि सक्छ, पानीमा भिज्यो भने त्यसको अस्तित्व नै खतम हुन्थ्यो र अँझ भनुँ अलिकति बल लगाएर च्यात्ने हो भने टुक्रा टुक्रा पनि हुन सक्छ तर अँह तिमीप्रतिका मेरा माया र यी यादहरुलाई घाम पानी अनि आगोले केही गर्न सक्दैन यो सब मेटिनलाई कि मेरो मुटु चितामाथि राखेर जलाउनुप¥यो कि त मन भित्र रहेका यादहरुका वकिलले मनभित्रै फैसला गरिदिनुप¥यो कि तिमी र म बिचको नाता सम्बन्ध सबै टुट्यो भनेर । अनि कहिल्यै पनि याद नआउने गरी मलाई टाढा गराईदिएको भए सायद म यसरी तड्पिँदैनथे होला ।

तिमी आफैले भन्ने गरेका थियौ मन सँग मनकाके सम्बन्ध सधैँ गाढा हुन्छ र हाम्रो सम्बन्ध पनि मनसँग गाँसिएको छ भनेर तर आज तिमीले एकैपटक दुई अक्षर एउटा कागजमा लेखेर मलाई मनमुटुबाट नै टाढा गरायौ है । कसरी सक्यौ तिमीले यस्तो गर्न मैले के गल्ती गरेकी थिएँ र भनन एकैपटक ।  सधैँ मलाई हजार शब्द मायाले बोलेर मसँगै हराउने मान्छे आज दुईअक्षरको दस्तखत गरेर टाढा बनायौ है ? केमा चित्त बुझेन र मेरो माया तिमीलाई भनन के मा चित्त बुझेन । जसले मलाई प्राणभन्दा पनि प्यारो ठान्थ्यो उसैले आज मप्रतिका सबै नाता तोड्यो पलभरमै । मलाई थाहा थिएन मेरो प्रियको त्यो मनले ममाथि यस्तो हर्कत गर्छ भन्ने ।

मलाई कुनै दिन यसरी घृणा गर्छौ भन्ने मलाई हेक्का नै भएन । जतिबेलादेखि तिमीसँग मेरो नाम जोडियो त्यतिबेलादेखि नै मैले त तिमीलाई प्राण भन्दा पनि प्यारो ठान्थे । चोखो माया गर्थे मैले । तिमीले जे भन्थ्यौ त्यो पनि मानेँ तर तिमीले बुझेनौ डिभोर्स पेपरमा दुई अक्षर लेख्यौ अनि पलभरमै मलाई जिन्दगीभरीका लागि टाढा बनायौ । नाम दियौ आफ्नो तर माया दिएनौ, सिन्दुर दियौ आफ्नो सम्बन्ध दिएनौ, चुरा दियौ तर न्यानो अंगालो दिएनौँ, मंगलसुत्र दियौ तर मंगलमन दिएनौ ।

मैले तिमीलाई के कुरामा कमी गरेँ र कि तिमी मबाट त्यति टाढा हुन पुग्यौ किन तिमीले पलभरमै मप्रतिका सारा नाताहरु तोडेर गयौ । तिम्रा लागि हरेक पलमा आँशु पिएको पनि थिएँ । चोखो माया पनि तिमीलाई सकेसम्म दिएको पनि थिएँ तर तिमी मबाट किन यसरी टाढा गयौ । किन यसरी पलभरमै टाढा भईदियौ तिमी ।  कहिल्यै पनि मसँग रीसाएर नबोल्ने मान्छे आज सधैँका लागि रीसाएर तिमी टाढा भयौ । मलाई कुन गल्तीको सजायँ दियौ यस्तो ?? अजम्बरी माया हुनेछ अनि कहिल्यै धोका दिनेछैन तिमीलाई भन्ने मान्छेले आज जिन्दगीभरी नै पिडा दिने गरी धोका दिएर गयौ ।

श्रीमान श्रीमतीको सम्बन्ध भनेको त मनको सम्बन्ध हुन्छ । एकअर्काको जिन्दगीको सहयात्री हुन् श्रीमान अनि श्रीमती भनेको । मैले त सोचेको थियो जे जसरी भएपनि म तिम्रो जिन्दगीमा तिम्रो अर्धाङगिनी भएर आएँ अब यो सम्बन्धलाई मैले मनदेखि नै निभाउँछु । तर तिमीले मलाई तिम्रो सहयात्री बन्ने मौका नै दिएनौ । मलाई जिन्दगीको आधा बाटोमा नै छोडेर गयौ ।

श्रीमान श्रीमतीको सम्बन्ध भनेको त मनको सम्बन्ध हुन्छ । एकअर्काको जिन्दगीको सहयात्री हुन् श्रीमान अनि श्रीमती भनेको । मैले त सोचेको थियो जे जसरी भएपनि म तिम्रो जिन्दगीमा तिम्रो अर्धाङगिनी भएर आएँ अब यो सम्बन्धलाई मैले मनदेखि नै निभाउँछु । तर तिमीले मलाई तिम्रो सहयात्री बन्ने मौका नै दिएनौ । मलाई जिन्दगीको आधा बाटोमा नै छोडेर गयौ ।  तिम्रो बारेमा केही थाहा नै नपाएर म तिम्रो जिन्दगीमा आएँ तिमीले मसँग हरेक कुरा झुट बोलेर म बच्चै हुँदा आफुसँग लियौ । म केही थाहा पाउँदैनथेँ । गाउँघरको वातावरण बाहेक मैले अरु केही भोगेको पनि थिएन । जिन्दगी जिएपछि कस्तो कस्तो दुःख कष्ट भोग्नुपर्दोरहेछ आज आएर थाहा पाउँदैछु मैले ।

सानैमा तिमीसँग बिहे गरेर आउनु नै सायद गल्ती थियो या त तिमीसँग आईसकेपछि मैले सम्बन्धलाई निभाउन सकेन । खै के चित्त बुझेन तिमीलाई मदेखि । दुःख कष्ट अनि हाँसो खुसी सबै पाएर तिमीसँग बिताएको जीबनको आज मेरो एउटा कथा बनेको छ । त्यो मेरो अतित थियो र त्यो अतित नै मेरो बाँच्ने आधार भईदिएको छ ।

दैलेखको त्यो तोली गाविसमा जन्मिएकी म । मेरा बाल्यकाल हाँसीखुसी आफ्नै बुवाआमाको काखमा नै बित्यो । जस्तो थियो मेरो जिन्दगी म सन्तुष्ट नै थिएँ । दुःखलाई पनि आफ्नो र सुखलाई पनि आफ्नो बनाएर समय बिताएकै थिएँ । विस्तारै समयले मलाई खेलाउँदै खेलाउँदै ठुलो बनाउँदै थियो । म गाउँमै कक्षा आठमा पढ्थेँ । बुवा आमाले मलाई पढाएर आफ्नो सहारा बनाउने सपना संगाल्नुभएको थियो । मैले पनि त्यो सपनालाई पुरा गर्ने प्रयास गरिरहेकी थिएँ ।

त्यत्तिकैमा मेरो साइँली अण्टीले मेरो बिहे गराईदिने भनेर एकजना केटालाई सुर्खेतदेखि बोलाउनुभको रहेछ । मलाई यो बारेमा केही थाहा थिएन न त मेरो परिवारलाई नै थाहा थियो । अण्टीले मलाई सदरमुकाम बोलाउनुभयो म पनि अण्टीले बोलाएपछि गईहालेँ त्यहाँ सुर्खेतबाट गएको केटा पनि थियो । म अण्टी अनि त्यो केटा तामे खोलाको उकालो लाग्यौँ ।

त्यो केटाले मसँग विहे गर्न आको हो भन्ने कुरा खुलायो । म त चुप भएँ केही बुझ्न सकेन भर्खरै आठ कक्षामा पढ्थेँ । केही थाहा थिएन अनि यति सानैमा पनि कस्ले बिहे गर्छ हुँदैन भन्दिएँ मैले सिधै । अनि उसले मलाई कर गर्न थाल्यो । म पनि बच्ची त भईहालेँ पछि के हुने हो केही सोचेन डर लाग्न थाल्यो । अनि उसले भन्यो ।  तिमी मसँग बिहे गरिनौँ भने म त यही डाँडाबाट हाम फालेर मर्दिन्छु तिम्रो नाममा अनि तिमी जेल जान्छेउ ।

त्यो केटाले मसँग विहे गर्न आको हो भन्ने कुरा खुलायो । म त चुप भएँ केही बुझ्न सकेन भर्खरै आठ कक्षामा पढ्थेँ । केही थाहा थिएन अनि यति सानैमा पनि कस्ले बिहे गर्छ हुँदैन भन्दिएँ मैले सिधै । अनि उसले मलाई कर गर्न थाल्यो । म पनि बच्ची त भईहालेँ पछि के हुने हो केही सोचेन डर लाग्न थाल्यो । अनि उसले भन्यो ।  तिमी मसँग बिहे गरिनौँ भने म त यही डाँडाबाट हाम फालेर मर्दिन्छु तिम्रो नाममा अनि तिमी जेल जान्छेउ ।

यस्तो भनेपछि मेरो कलिलो दिमागमा पनि होला त कतै यो मान्छे म¥यो भने मैले के गर्ने भन्ने सोच्न थाल्यो अनि हुन्छ भनेँ ।  उसले मेरो मन बहलाउनलाई के बोल्यो के मैले पनि होला नि भन्दै विश्वास गरेँ । एउटा शब्द हुन्छ भन्नेले मलाई जिन्दगीभरी रुवायो । एकछिन हाँस्न दिँदैन मलाई मेरो अतितले हाँस्छु त बनावटी हाँसो मात्र । कुन गल्तीको सजायँ दियो मलाई दैवले थाहा पाएन मैले ।  म रात दिन रोएकी छु त त्यही कारण जुन दिन मैले घरमा नै थाहा नदिएर त्यो केटाको कुरा मानेर उसँग भागेकी थिएँ । घरमा बुवाले बिहेको कुरा निकाल्नेबित्तिकै रीसाएर खानै नखाने मान्छे उहाँहरुको आँखा छलेर त्यो अजनवी केटासँग भागेँ म ।

त्यतिबेला त मलाई उसको नाम पनि थाहा थिएन अनि सुर्खेत भन्ने कता हो यो केटा कति पढेको के काम गर्छ घर परिवारमा को को छन् भन्ने पनि थाहा नपाएर म खै के सोचेर उसँग आउन राजी भएँ । त्यो राती नै उ र म हिँडेर बजार आयौँ अनि गाडी चढेर सुर्खेत आयौँ । त्यही यात्रामा थाहा पाएँ मैले कि उसको नामा दिलीप रहेछ अनि घरमा बुवा आमा भाइ र बहिनी रहेछन् भन्ने कुरा ।  हामी सुर्खेत पुग्ने बेला उसको घरमा त पहिला नै मान्छे जम्मा भएका थिएँ मलाई बिहे गरेर ल्याउँछ भनेर । दिलीपलाई र मलाई भित्र्याएपछि मलाई एकदमै नराम्रो लाग्न थाल्यो । यो पराई मान्छेसँग म कसरी जिन्दगी बिताउने होला ।

घरबाट भाग्ने बेलाको डरभन्दा नि त्यतिबेलाको डरले मलाई रुवाएको थिएँ । कहाँबाट कहाँ आएजस्तो पनि भयो । चन्चले यौवनले नै त गरेको गल्ती थियो नि त्यतिबेला जस्तो लाग्छ अहिले । जिन्दगी कतिबेला कहाँनिर कस्तो हुन्छ केही पत्तो हुँदोरहेनछ । आफुलाई जन्म दिने बुवा आमालाई छोडेर म एउटा बाटोमा भेटिएको बटुवाको हात समातेर उसको जिन्दगीमा आउनु पनि कत्ति ठुलो परिवर्तन हो नि । आखिर जिन्दगीले कहाँनेर कुन मोड लिन्छ भन्ने कुरा पनि पत्तो हुँदो रहेनछ ।

आफ्ना बुवाआमालाई छोडेर आजभन्दा अगाडि कहिल्यै नदेखेको मान्छेसँग मैले के खुसी देखेर विश्वास गरेर सुर्खेत आएँ । अलिकति चित्त नबुझेपनि बुवाआमाको काखमा लुटपुटिँदै रुँदै माग्ने मान्छे । त्यो रात त्यसरी कुण्ठिएर बस्नुपर्दा मलाई हुनुसम्मको पिडा भयो ।  उसको छेउमा पर्न पनि डर लाग्यो । मेरो यो कलिलो दिमागले के सोच्थ्यो के दिलीपको छेउमा नै पर्न मन नलाग्ने । अँझ उसैसँग एउटै विस्तारामा…म यत्तिकै रोएर बसेँ । कहिँ कतै पनि जीबन उज्यालो देखेन मैले । किन बाबुआमालाई छोडेर आएछु भन्ने चिन्ताले मलाई सतायो । दिलीपले मायालु बोलीले मलाई कत्ति हो कत्ति फकायो । म मान्दै मानेन ।

आफ्ना बुवाआमालाई छोडेर आजभन्दा अगाडि कहिल्यै नदेखेको मान्छेसँग मैले के खुसी देखेर विश्वास गरेर सुर्खेत आएँ । अलिकति चित्त नबुझेपनि बुवाआमाको काखमा लुटपुटिँदै रुँदै माग्ने मान्छे । त्यो रात त्यसरी कुण्ठिएर बस्नुपर्दा मलाई हुनुसम्मको पिडा भयो ।  उसको छेउमा पर्न पनि डर लाग्यो ।

उसले मलाई नरोउ भन्दै मेरा आँशुहरु पुछिदिन्थ्यो । त्यतिबेला त कता कता मन हल्का पनि हुन्थ्यो मलाई यसले माया गर्छ भन्ने पनि लाग्यो । दिलीपले म रोएको देखेर घरीघरी आफ्नो अनुहार पनि अँध्यारो लगाउँदै मलाई आफ्नो छातीमा टाँस्थ्यो र नरोउ भन्दै मलाई सम्झाउँथ्यो । त्यतिबेला त यस्तो लाग्यो कि अब मेरो सर्वश्व यही हो । नारी संवेदनशील हुन्छन् भन्ने सुनेको थिएँ हो रहेछ उसका केही राम्रा बोलीले मलाई थोरै भएपनि सान्त्वना दियो ।

मैले अब उसलाई आफ्नो ठानेँ अनि सोचेँ जे भएपनि अब बिहे गरेर आईहाले उसलाई सर्वश्व मानेर बस्नुपर्छ मैले दुख सुख उसैसँग काट्नुपर्छ भन्ने मैले सोचेँ अनि दिलीप मेरो मनको राजा बन्न पुग्यो । भोलीपल्ट मेरो बुवा रुँदै आउनुभो मलाई खोज्दै । फुलजस्तै माया गरेर पालेकी छोरी यति सानै उमेरमा यसरी भागेर आएको देखेर होला बुवा धेरै रुनुभयो अनि मलाई घर हिँड भनेर धेरै सम्झाउनुभयो । बुवाले बालविवाहको मुद्दा पनि लाग्छ भनेर डर देखाउनुभयो । मैले पछि बुवालाई सम्झाएँ ।

विवाह गरेर फेरी फर्किएर माईत गएपछि छोरी मान्छेलाई कस्तो सोच्छन् भन्ने सबैलाई थाहा भकै कुरा हो । मैले बुवालाई सम्झाएपछि जे भएपनि अब राम्रै होस् त भन्दै बुवा घर जानुभयो । बुवाले मसँग यो केटा तेरो लायकको छैन नानी खाली लडाईँ झगडा मात्रै गरेर हिँड्छ भन्नुभएको थियो । मैले पहिला त बुवाको कुरा विश्वास गरेन बुवाले के के सुनाउनुहुन्छ भनेर रीसाए तर उहाँले भनेको सही रहेछ । दिलीप एकदम घमण्डी आफुले भनेको भएन भने जस्तोसुकै गलत काम भएपनि गरिहाल्ने ।

कसैलाई पिट्न कसैसँग झगडा गर्नुछ भने एकदम अगाडि । मैले दिलीपलाई यस्तो किन गर्नुहुन्छ भनेर सोधेँ बिहे अगाडी जे गर्थेँ अब त्यस्तो गर्दिन भनेर मलाई विश्वास दिलायो, मैले पनि होला भनेँ । यतिसम्मकी मेरो बुवालाई समेत यस्तो गर्दिन भनेर उसले कागज समेत गरेको थियो २०६८ साल पुस ६ गते हामी बिवाह बन्धनमा बाँधियौँ । यो बन्धनले अब हामीलाई जनम जनमको लागि एक बनाएको थियो । अग्निलाई साक्षी राखेर दिलीप र म एक भयौँ । तर जसका अगाडि जति कसम खाएपनि उसको लागेको बानी कहाँ जान्थ्यो र ?? उसको गुण्डा गर्दी गर्ने काम कतै गएन ।

दिलीपले केही समयसम्म त धेरै माया गथ्र्यो कहिल्यै पनि कहिँ कतै मलाई दुःखको महशुस भएन । म आमा बन्नेवाली हुँदा पनि दिलीपले मलाई धेरै माया गर्थ्यो । कसैले मलाई घरमा केही काम अह्रायो भनेपनि रीसाउने गथ्र्यो । म कत्ति खुसी थिएँ उसँग साँच्ची ति दिन त अब मेरा लागि सपना जस्ता भए । ६९ साल भदौको २३ गते मेरो जुम्ल्याहा छोरा जन्मिए । हाम्रो मायाको चिनो । घरमा खुसीको रौनकता छाएको थियो । दिलीप पनि खुसी भएको थियो । म त्यति सानै उमेरमा बच्चाको आमा बन्नु भनेको सानो कष्टको कुरा होईन । मैले कतिसम्मको दुःख खेपेँ तर त्यतिबेला मैले सबैको माया पाएको भएर त्यो कष्ट पनि मैले सहेँ किनकी मलाई सबैले माया गर्थे त्यतिबेला । विस्तारै छोराहरु ह्ुर्किँदै गएँ । जति छोराहरु बढ्दै गए उत्ति दिलीपको बानीमा परिवर्तन आउन थाल्यो ।

अँझ पछि पछि त उ मलाई वास्तै नगर्ने । म उसको जीबनमा छु कि छैन भन्ने कुरा पनि उसलाई थाहा छैन जस्तो गर्न थाल्यो । विस्तारै विस्तारै उसले त मसँग डिभोर्स गर्ने कुुरा गर्न थाल्यो । मैले किन यस्तो गरेको भनेर सोध्दा तेरो र मेरो सोचाई मिल्दैन म गुण्डा गर्दी गर्छु तँ सोझी छेस् बरु अरु कोही खोजेर तँ आफ्नो जिन्दगी सुधार भन्ने गथ्र्यो । ए बाबा मलाई थाहा थियो उ कस्तो छ भन्ने तर मैले अब उसलाई आफ्नो ठानीसकेपछि उसका राम्रा नराम्रा बानीलाई पनि स्वीकार गरेकै थिएँ हैनर ? म मेरो जिन्दगी दिलीप र मेरा कलिला छोराहरुलाई छोडेर कसरी हिँड्न सक्छु । कहाँ जाने म उनीहरुलाई छोडेर कत्ति सजिलै भन्थ्यो उ मलाई छोड्दे भनेर ।

छोड्नका लागि मैले जिन्दगी सुम्पिएकी थिईन । उसका हरेक दुख सुखमा साथ दिन्छु भनेर नै मैले सारा अस्तित्व सुम्पिएकी थिएँ । प्राण भन्दा पनि प्यारो ठान्थे म उसलाई । मैले जत्ति नाईँ भनेपनि लागेन आखिर उसले मबाट छुटपत्रको कागजमा साईन गराएरै छाड्यो । मैले सोचेँ मबाट टाढा भएपछि उसको जिन्दगी सुध्रिन्छ भने म भईदिन्छु तर यसो भएन ।

छोड्नका लागि मैले जिन्दगी सुम्पिएकी थिईन । उसका हरेक दुख सुखमा साथ दिन्छु भनेर नै मैले सारा अस्तित्व सुम्पिएकी थिएँ । प्राण भन्दा पनि प्यारो ठान्थे म उसलाई । मैले जत्ति नाईँ भनेपनि लागेन आखिर उसले मबाट छुटपत्रको कागजमा साईन गराएरै छाड्यो । मैले सोचेँ मबाट टाढा भएपछि उसको जिन्दगी सुध्रिन्छ भने म भईदिन्छु तर यसो भएन । म जहाँको त्यहीँ छु बिहे गरेर आएको घरलाई छाडेर जान सक्दिन र जाउँ पनि कहाँ जाउँ तिमीसँगको सम्बन्धलाई एउटा कागजमा साईन गरेर टुटाएजस्तो त गरेँ तर के गर्नु यो मन कत्तिपनि मान्दैन तिमीलाई भुल्न । जस्तोसुकै गलत काम गरेपनि तिमी मेरो प्राण भन्दा प्यारो मान्छे हौ ।

दिलीप मलाई थाहा छ म सँग सम्बन्ध टुटाएको केही महिना पछि तिमीले कुनै गलत काम फेरी गरेका थियौ र जेल परेका छौ भन्ने कुरा मलाई थाहा छ । यो कुरा सुनेपछि तिम्रो साथ झन् छोड्न मन लागेन । मन त यत्ति छ तिमी भएको ठाउँमा म पनि तिमीसँग त्यसैगरी त्यो चिसो छिँडीमा बसेर रात दिन कटाउँ कमसेकम तिम्रो साथ त पाउने थिएँ । दिन रात यही पिरलो हुन्छ मलाई । तिमी त्यहाँ कुन अवस्थामा हौला कसैले तिमीलाई खान पनि दिन्छ होला कि नाई दिएपनि कस्तो दिन्छ होला । कहिलेकाहीँ तिमीलाई पिट्छन् होला ।

यस्तै पिरहरुले मलाई भोक निन्द्रा लाग्दैन । यी छोराहरु नभईदिएको भएपनि हुन्थ्यो । जिन्दगी नै खत्तम गरुँ भने पनि मनले मान्दैन के थाहा कतै तिमी फर्किएर फेरी मेरो जिन्दगीमा आउँछौ कि भन्ने लाग्छ । दिलीप तिमीसँग मैले जति साथ गुजारेँ त्यो मेरो जिन्दगी जिउने आधार हुनेछ । तिमीबाहेक म अरु कसैलाई पनि मेरो जिन्दगीमा सोच्न सक्दिँन । मलाई सुनको महल पनि चाहिँदैन, सारा सुख सयल पनि चाहिँदैन मात्र मनको एउटा माया नै मायाले भरिएको महल लिएर आउ तिमी । तिमीले जस्तो सुकै गलत काम गरेको भएपनि मेरो लागि तिमी सर्वश्व हौ । फर्किएर तिमी आईदेउ । तिम्रो मुहार हेर्नको लागि मेरा यी आँखा रात दिन तड्पिन्छन् ।

यी छोराहरुलाई पनि लाग्दो हाम्रो पनि बुवा हामीसँगै भईदिए भन्ने । तिमी फर्किएर आउ फेरी हाम्रो जिन्दगी सुधारौँला । गल्ती सबैबाट हुन्छ गल्तीबाट पाठ सिक्ने हो र अघि बढ्ने हो । मलाई विश्वास छ तिमी अवश्य सुध्रिनेछौ । तिमीलाई त्याग्न सक्ने भको भए त म टाढा गईहाल्थे तर के गर्नु सक्दिन त्यसैले यही घरमा नै तिम्रो बुवा आमा भाइ बहिनीसँगै छु तिम्रो बाटो हेरेर बसेकी छु । समाजले मलाई सुनाउन त के हो के भनेर सुनाउँछ । कसैले मलाई राम्रो नजरले हेर्दैनन् डिभोर्स गरेर पनि अँझ यही घरमा बसीछे भनेर सुनाउँछन् तर म के गरुँ मेरो माया म के गरुँ तिमीलाई छोडेर जान मन छैन मलाई । दुख सुख तिम्रै जीबनसाथी बनेर काट्नुछ मलाई ।

तिमीबिनाको यी दिनहरु मैले कसरी काटेकी छु भन्ने त सायद म यसरी यी अक्षरहरुमा व्यक्त गर्न सक्दिन त्यो तिमी आएपछि आफै बुझ्नेछौ । जहाँ जाउँ जे गरुँ सहज बाटो छैन मेरा लागि जताततै ठेस मात्र लाग्छन् । अग्नि साँची राखेर खाएका वाचा कसम म भुल्न सक्दिन तिम्रो नामको सिन्दुर म फेरी लगाउन चाहान्छु । मलाई अरु कसैकी हुनु छैन मात्र तिम्रो बाहेक । मैले जन्म दिने बुवा आमालाई तिम्रा लागि छोडेर आएँ तर तिमी नै मलाई छोडेर गयौ है किन यसरी छोडेर गयौ दिलीप मलाई किन यसरी तड्पायौ मलाई । मलाई दुनियाँले छोडोस् मतलब छैन तर जो मेरो दुनियाँ हो उसैले नै मलाई घृणा गरेर छोडेको म सहन सक्दिन अँह म सक्दिन ।

मलाई सुनको महल पनि चाहिँदैन, सारा सुख सयल पनि चाहिँदैन मात्र मनको एउटा माया नै मायाले भरिएको महल लिएर आउ तिमी ।यी दुई छोराको भविष्य पनि तिम्रो र मेरो हातमा छ त्यसैले तिमी यीनिहरुका लागि भएपनि असल बनेर देखाउनैपर्छ र फर्किएर आउनुपर्नेछ तिमी । तिमी मेरा लागि बाँच्ने आधार हौ मेरो जिन्दगी हौ तिमी ।

तिमी जति गलत भएपनि तिमी मेरो मान्छे हौ म तिम्रा सबै राम्रा नराम्रा कुराहरु स्वीकारेर जिन्दगीसँग संघर्ष गरेर अगाडि बढ्छु तर मलाई दिलीप तिम्रो साथ चाहिन्छ र यी दुई छोराको भविष्य पनि तिम्रो र मेरो हातमा छ त्यसैले तिमी यीनिहरुका लागि भएपनि असल बनेर देखाउनैपर्छ र फर्किएर आउनुपर्नेछ तिमी । तिमी मेरा लागि बाँच्ने आधार हौ मेरो जिन्दगी हौ तिमी ।

( यो कथा प्रदेश एफ.एम बाट प्रसारण हुने कार्यक्रम अतितको डायरिबाट लिएको एउटा मान्छेको यथार्थ जिन्दगीको कथा हो । )