२०७७ मंसिर २०, शनिबार

म पढेर भविष्यमा डाक्टर बन्ने

विधार्थी सँग एकछिन……………..

हरेक विद्यार्थीका आ— आफनै चाहाना हुन्छन । सबै विद्यार्थीहरुलाई एउटै किसिमको वातावरण मन पदैन । विद्यालयको वातावरण विद्यार्थीको मनोविज्ञान र अभिभावकको आफना सन्तानप्रति दर्शाउने अभिभावकत्व जस्ता विषयमा हामीले विद्यार्थीसँगै केही विद्याsर्थी केन्द्रित प्रशनहरु तेस्याउँछौ । केही समय विद्यार्थीसँग बसेर      आम विद्यार्थीको प्रतिनिभित्व गर्ने पात्रका बारेमा कुरा गर्ने गर्दछौ । हामीले यसपटक धेरै विद्यार्थीको प्रतिनीधि पात्रका रुपमा श्री बालमन्दिर प्रथामिक विद्यालय कक्षा ४ मा अध्ययनरत छात्र सावित्री महतलाई भेटाएका छौ । प्रस्तुत छ महतसँग हाम्रो नयाँ नेपालकर्मी.नरजन तामाङ्ले गरेको कुराकानीको संक्षेप

कस्तो चल्दैछ पढाई ?s

रामै सँग चल्दै छ ।

पढाई कस्तो भईदिएको भए हुन्थ्यो भन्ने लाग्छ ?
शिक्षक शिक्षिकाहरुले हाम्रो भावना बुझेर पाढईदिएको भए हुन्थ्यो जस्तो लाग्छ ।

घरमा कतिको पढनु हुन्छ नि ?
घरमा म १ घण्टा पढछु ।

अहिले श्री बालमन्दिर प्रथामिक विद्यालयको जुन वातारण छ यो वातारण पढाईको लागि कस्तो लाग्छ नि
ठिकै छ । आफनो विद्यालयको पढाई सबैलाई राम्रै लाग्छ ।

कुन शिक्षकले पढाएको तपाईलाई राम्रो सँग बुझे जस्तो लाग्छ ?
सबै शिक्षक शिक्षिकाहरुले रामैसँग पढाउनु हुन्छ । अझै मलाई विज्ञान विषयका सर पृथ राना मगरले पढाएको राम्रो बुझे जस्तो लाग्छ ।
तपाई भविष्यमा के बन्न चाहानुहुन्छ ?
चाहाना छ ।

तपाईको कक्षामा कति जना विद्यार्थी हुनुहुन्छ तपाई धेरै जनाको बीचमा पढाएको बुझनु हुन्छ ?
मेरो कक्षामा १२ जना हुनुहुन्छ । म ध्यान दिएर सुन्छु अनि बुझछु ।

तपाई अगाडी बसेर पढिरहदा तपाईको सार्थीहरुले पछाडीबाट डिस्टर्ब गर्दा कस्तो लग्छ ?
सार्थीहरुले हल्ला गरेमा सारै दु.ख लाग्छ । सरहरुलाई भनेर सम्झाउन पठाउछु ।

तपाईलाई तपाईको विद्यालयका मन नपर्ने पक्षहरु के के हुन ?

मेरो विद्यालयमा खासै नराम्रो पक्ष छैन ।

तपाईका विद्यालयको राम्रा पक्षहरु के(के हुन ?
मेरो विद्यालयको राम्रो पक्षहरु विद्यालयमा चम्पा चमेली फुलहरु छन । विभिन्न फुलहरुले रङगी चङगी फुलहरु छन । शौचालयको व्यवस्था छ । खानेपानीको राम्रो व्यवस्था छ ।