२०७७ मंसिर ९, मंगलवार

धर्मश्री उपाधीका लागि सहभागी योगी र गाहा छैटौ

सुर्खेत, असोज १७ ।
शारिरिक सुगठन चौथो धर्मश्री उपाधीका लागि पहिलो पटक मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट सहभागी भएका सुर्खेतका नविन योगी र लोभिन गाहा छैटौं भएका छन ।

सुर्खेतमा रहेको मिड वेष्ट्रन फिटनेस सेन्टरका तlnर्फबाट यो क्षेत्रबाटै पहिलो पटक सहभागी भएका योगी र गाहा फाइनलमा प्रवेश गरेर छैटौं स्थानमा पुगेका हुन । योगी ६० किलो र गाहा ७५ किलोमा प्रतिष्प्रर्धा गरेका हुन ।

काठमाडौंमा नेपाल व्यान मन्दिरले आयोजना गरेको प्रतियोगितामा मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट पहिलो पटक सहभागी भएर फाइनलमा पुग्नु यो क्षेत्रका लागि गौरवको विषय भएको सेन्टरका सञ्चालक तथा प्रशिक्षक प्रमोद हमालले बताए ।

यसले पश्चिम क्षेत्रमा पनि शारिरिक सुगठन फष्टाउदै गएको छ  भन्ने सन्देर समेत दिएको हमालले बताए ।

उनले यस क्षेत्रका खेलाडिहरुका लागि यो उत्साह र प्रेरणादायी भएको समेत बताए । धर्मश्री उपाधी ठुलो राशिको उपाधी हो । यसको राशी पाँच लाख ५५ हजार रुपैयाँ रहेको छ ।