२०७७ माघ ५, सोमबार

किर्डाक नेपाल १७ बर्षमा

सुर्खेत, १८ असोज ।cropped-cropped-logos-1
कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) को १७औं वार्षिक साधारण सभा सोमबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
वार्षिकोत्सवका प्रमुख अतिथि सुर्खेतका स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले कर्णालीका जनतालाई विकासको मूलधारमा ल्याउन किर्डाकको महत्वपूर्ण भूमिका रहेको बताए ।

द्वन्दकालमा समेत किर्डाकले सरकार र जनताबीच पुलको काम गरे भन्दै रेग्मीले आगामी दिनमा संस्थाले सुशासन र मानवअधिकारका क्षेत्रमा अझै थप काम गर्नुपर्ने सुझाव दिए ।

वार्षिकोत्सवमा सहभागि अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै संस्थाका महासचिव सम्झना मल्लले संस्थाले समुदाय स्तरमा गरिरहेका कामको सबैले मूल्याङ्कन गरी सुझाव दिए संस्थाले आगामी दिनमा थप प्रभावकारी काम गर्न सक्ने बताइन् ।