२०७७ मंसिर १७, बुधबार

सुर्खेतमा सुआहारा दुइ सञ्चालन हुने

सुर्खेत असोजcropped-cropped-logos-1 १८ । सुआहारा दुईका बारेमा सुर्खेतका सरोकारवालाहरुका बीचमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रम सुरु हुनुपुर्व सरोकारवालाहरुलाई जानकारी दिन अन्तरक्रियाको आयोजना गरिएको हो ।
सो कार्यक्रमका बारेमा जानकारी दिदै
सुआहारा कार्यक्रमको साझेदार संस्थाका कार्यकारी अधिकृत समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले गर्भवती सुत्केरी र २ वर्ष मुनिका बच्चाहरुको पोषण सुधार, सरसफाइ र सामाजिक ब्यवहार परिवर्तनका क्षेत्रमा काम गरिहेको जानकारी दिए ।
उनले यो भन्दा अगडि सम्पन्न सुआहारा कार्यक्रम एकले पारेको प्रभावसँगै दुई पनि विस्तार गरिएको बताए ।

बालबालिकाको पोषण र सामाजिक व्यवहारमा सुधार आउँदै गएको भन्दै सुआहाराको दोस्रो चरणको कार्यक्रम पनि शुरुवातको चरणमा रहेको उनले जानकारी दिए ।

न्यून तौल भएको जन्मलाई घटाउने, पाचँ वर्षभन्दा कम उमेरका बालबालिकाको शारीरिक रुपमा हुने अल्पविकास घटाउने र कम तौल भएका महिलाहरुको प्रतिशत घटाउने मुख्य उद्देश्य रहेको कार्यक्रमले सुर्खेतमा लक्षित हजार दिनका गर्भवती महिलाहरुमा ठुलो परिवर्तन आउने दावी गरेको छ ।

कार्यक्रममा स्थानिय विकास अधिकारी हिरालाल रेग्मी,जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका जनस्वास्थ्य प्रमुख बसन्त अधिकारी,सुर्खेतका राजनितिक दलका प्रमुख एवं प्रतिनिधहरु सञ्चारकर्मी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।