२०७७ माघ ७, बुधबार

आँकासे पानीले प्यास मेट्दै नेटाबासी

सुर्खेत असोज १८ । नेटा गाविghaitoस थुम्काकी २९ बर्षीया टीका रास्कोटी आचेल खाने पानीका लागि २ घण्टाको बाटो धाउन छोडेकिछन । उन न त घरयासी सरसफाईमा कमी छ न त खानेपानीका लागि परिवारमा पहिलेको जस्तो झगडा नै हुन्छ ।घरको आधा छानामा भएको टिनबाट घैंटामा जम्मा हुने आँकाशेपानीको प्रयोग हुन थालेपछि खानेपानीको समस्या कम भएको छ । योसंगै राष्कोटीका धेरै समस्याहरु पनि टरेका छन् ।

उनले अहिले घर आगन र व्यक्तिगत सरसफाईमा ध्यान दिने गरेकी छन् । घरघरमा घैंटा बनेपछि पहिलेको जस्तो खानेपानी र सरसफाइको समस्या कम भएको उनको भनाई छ ।

‘‘पहिले पानीका लागि धेरै दुःख गर्नुपर्ने अवस्था थियो तर अहिले त्यस्तो छैन’ उनले भनिन्–‘अहिले घरमा घैटौ बनेको छ, आँकासको पानी त्यसमै जम्मा हुन्छ, अहिले त्यही प्रयोग गरेका छौं ।’’

बर्षादमा पर्ने आकाशे पानी जम्मा गरी प्रयोग गर्ने प्रविधि बारे जानकारी पाए पछि नेटा–७ थुम्काका करिब ३० घरपरिवार खानेपानीको समस्या कम गर्न सफल भएका हुन् ।

अहिले थुम्काका सबै घरपरिवारहरु आकाशेपानी संकलन गर्ने घैंटा बनाएका छन् । आकाशबाट परेको पानी जम्मा गर्ने र खानेपानीको समस्यालाई कम गर्ने गरी निमार्ण गरिएका घैंटाले ग्रामीण क्षेत्रमा पानीको जोहो गर्ने झण्झट कम गरेको छ ।

पिउनको लागि संकलन गरेको आकासेपानीको प्रयोगमा मितव्ययिता अपनाए पछि भान्छामा आफ्नै बारीको ताजा तरकारी पाक्ने गरको स्थानीय दुरपती राष्कोटीको भनाई छ ।

सुख्खायामसँगै बढ्दो पानीको हाहाकार कम गर्न खानेपानी र सरसफाइमा काम गरिरहेको एन्फो संस्थाले रेन फाउण्डेशनको आर्थिक सहयोग र वातावरण सुधार समाज सुर्खेतले ऋण सहयोग गरेपछि स्थानीयले खानेपानी समस्या आकासेपानीबाट पूर्ती गर्दै आएका छन् ।

खानेपानीको समस्या दिनप्रति दिन बढेकाले अनुदान सहयोगले अपुग भएपछि ऋण गरेर भएपनि आकासेपानी संकलनका लागि घैंटा निर्माण गरिएको झुपबहादुर राष्कोटीको भनाई छ ।

घरको छानामा लगाएको टिनबाट झरेको पानी ६ हजार ५ सय लिटर क्षमताको घैंटोमा जम्मा हुने गरेको छ । करिब एक लाख २० हजार रुपैयाँमा निर्माण गर्न सकिने घैटामा बर्षादको पानी जम्मा हुने गरेको छ ।

पानीको श्रोत नभएका नेटा थुम्काबासी झै खानेपानीको समस्याबाट आजित सुर्खेतका अबलचिङ, गपर्न, मेहेली, जर्बुटा तथा दैलेखको लालीकाँडा, जोरेबाज, धरमपोखरा लगायतका क्षेत्रमासमेत आकासेपानीबाट खानेपानीको आपूर्ती हुँदै आएको छ ।