२०७७ मंसिर १४, आईतवार

शुभ लक्ष्मीको १० औ साधारण सभा

सुर्खेत असोज १८cropped-cropped-logos-1वीरेन्द्रनगर २१ म रहेको शुभ लक्ष्मी बचत तथा क्रृण सहकारी संस्था लि. को १० औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।

साधारणसभा सहकारीका अध्यक्ष गंगा प्रसाद ढकालको सभापतित्व तथा राष्ट्रिय सहकारी संघका संचालक सदस्य पदम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका सचिव उत्तम प्रसाद आचार्यले प्रगति प्रतिवेदन तथा कोषाध्यक्षय देव बहादुर ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
लेखा समितिका संयोजक वेद प्रसाद ढकालले प्रतिवेदनका साथै उप समितिका प्रतिवेदन प्रस्तुत गरेका   थिए ।
यस्तै साधारण सभाबाट नयाँ कार्य समिति चयन गरेको छ ।

अध्यक्षय बालदिप कडेल,उपाध्यक्षय देव बहादुर ढकाल,सचिव उत्तम प्रसाद आचार्य,कोषाध्यक्षय हेम प्रसाद बास्कोटा चयन भएका छन ।

भने सदस्यहरु बाल कुमारी पौडेल,दुर्गा शाक्य,बिमला पोखरेल,धर्मराज दाहाल र लेखा समिति संयोेजक लोक प्रसाद ढकाल,सदस्यहरु दिपक आचार्य,माधव प्रसाद ढकाल रहेका छन ।

कार्यक्रममा जिल्ला बचत तथा क्रृण सहकारी संघका अध्यक्षय कृष्ण बहादुर भणडारीले सहकारीको मूल्य मान्यता र सहकारीका बारेमा भनाई राखेका थिए ।