२०७७ मंसिर १३, शनिबार

काम नभई नाम मात्र पचास शैया जाजरकोटको अस्पताल

जाजरकोट असोज १९। पचास शैया मापदण्ड अनुसार जाजरकोटको जिल्ला अस्पताल हुँने हो भने जिल्लाबाँसी उपचारका लागी हजारौ खर्च गरेर जिल्ला बाहिर जाँनु नपर्ने हो ।

तर जाजरकोटको जिल्ला अस्पतालको अवस्था भने दैनिक खस्किदै विरामीलाई सेवा भन्दा सास्ती वन्ने गरेको सेवाग्रहीहरु वताउँछन् ।
५० शैयाको अस्पतालका लागी ६० भन्दा बढी कोठा भएको भवनको आवश्यक पर्छ  ।

१५ jajarkotशैयावाट स्तर उन्नती गरी सरकारले गत जेठमा जाजरकोट अस्पताललाइ ५० शैया क्षमता विस्तारको घोषणा गरेपनि घोषणा कागमै सिमित भएको छ ।

५० शैयाको यस अस्पतालमा न त भवन छन् न त विशेषज्ञ चिकित्सक नै । यस अस्पतालमा विरामी सुताउने, सुत्केरी गराउने, बलड बैंक संचालन गर्ने र चिकित्सकले चेकजाँच गर्ने लगाएत अति आवश्यक पुर्वधार नहुँदा समस्य पदै आएको छ ।

अस्पतालमा विरामीह? चेक ,जाँच गर्ने, स्टोर, ल्याब, औषधी वितरण कक्ष, विरामी सुताउने, कोलचिङ्ग, इमरजेन्सी, एक्सरे, भिडिओ एक्सरे, प्रशासन, मातृशिशु, क्षय कुष्ठ, पोषण, लगाएत कार्य संचालन गर्न १७ कोठा मात्र छन् ।

२०३७ सालमा निर्माण भएका पुराना तथा जीर्ण भवनमा १५ शैयाको अस्पतालका लागि बनेका पुराना संरचना हुन् ।

अस्पतालको स्तरबृद्धी संगै विरामी चेकजाँचका लागि मात्र १५ कोठाको आवश्यकता पर्छ । हाल एउटा कोठामा विरामीको चेकजाँच हुने गरेको छ ।
यस अस्पतालमा जिल्ला स्वास्थ्य र जिल्ला जन स्वास्थ्य कार्यालय एकै ठाउमा संन्चालन छन् । जन स्वास्थ्यको भवन अलगै ठाउमा हुनु पर्ने व्यवस्था भएपनि जाजरकोटमा दुवै कार्यालय एकै ठाउमा रहेका छन् ।

यसबाट अस्पतालले प्रवाह गर्ने सेवामा समेत समस्या पारेको छ । आवश्यक भवनको अभावमा ५० शैया अस्पताल सामान आएर त्यतीकै वन्द कोठमा थन्कीएको छ ।

भवन अभाव हुदा वेड राख्ने ठाउ नहुदा ५ महिना देखि सामानहरु एउटा कोठा थन्किएको अस्पतालका निर्मित्त अस्पताल प्रमुख डाक्टर चाँदनी जैसवालले बताउनु भयो ।

कोठा नहुँदा ३० विरामी बेड र बलड बैंकका सामाग्री त्यत्तिकै थन्काएका छन ।

जन- स्वास्थ्य कार्यालयको भवन ५ वर्ष देखि निर्माण पुरा भएको छैन भने अस्पतालकै सुरक्षित मातृत्व भवन निर्माण शुरु भएको ६ बर्ष बित्दा पनि जग समेत पुरा नभएर निर्माण स्थलमा रुखबिरुवा उम्रेका छन् ।

बन्न थालेका भवन नै निर्माण नभएर अलपत्र अवस्था छन, यसले गर्दा पनि ५० शैया अस्पतालबाट दिनु पर्ने सेवा प्रवाहमा समस्या पारेको जैसवालले बताउनु भयो ।

जिल्लामा विरामीलाई पटक पटक रगतको आवश्यकता पर्छ । अस्पतालमा उक्त बैंक संचालनको लागि कोठा नै छैन । बलड बैंको सामाग्री आएको ५ महिना विती सक्यो ।

त्यसैगरी जिल्ला अस्पतालको स्तर बृद्धिसगै ९ विशेषज्ञ चिकित्सक, ४ मेडिकल अधिकृत र अनमि, स्टाफ नर्स १२, सहायक स्तरका कर्मचारी सहित ५९ जना स्वास्थ्यकर्मीको दरबन्दि सृजना भएको भन्दै स्वास्थ्य सेवा विभागले पत्र मात्र पठाएको छ ।

तर ९ जना चिकित्सक अहिले सम्म आएका छैनन । सरकारले जिल्ला अस्पताललाई जाजरकोट अस्पताल बनाएको हो ।

अस्पतालको स्तर बृद्धी गरे पनि चिकित्सक र उपकरण पठाउन तर्फ वेवास्ता भएको छ ।

अस्पतालमा ११ औं तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट १, जनरल फिजिसियन विशषज्ञ १ जना, रेडियोलोजिष्ट विशषज्ञ १ जना, हाडजोर्नी विशषज्ञ १ जना, जनरल सर्जन १ जना ,बालरोग बिशेषज्ञ १ जना, स्त्रीरोग विशषज्ञ १ जना, मानसिक रोग विशषज्ञ १ जना, र एनेस्थेसिया समेत ९ वरिष्ठ फिजियोथेरापिष्ट १, नर्सिङ्ग अधिकृत, ल्याव टेक्नोलोजिष्ट, मेडिकल रेकर्डर, स्टाफ नर्स, स्वास्थ्य सहायक, फामेसिष्ट विशेषज्ञ चिकित्सक सहित ५० दरवन्दीको ब्यवस्था छ ।
४ मेडिकल अधिकृत, डेन्टल सर्जन १ जना गरी ५ जना चिकित्सको भरमा अहिले जिल्लामा सबै काम गर्नु परेको छ ।