२०७७ माघ ४, आईतवार

मुहानको पानीका विकल्प पनि छ

पानी मानवीय जीवनको महत्वपूर्ण अङ्ग हो । पानी विनाको सबैको जिन्दगानीको कल्पना पनि गर्न सकिँदैन । पानी हाम्रा सम्पूर्ण जिन्दगीका लागि सबै प्रकारको प्रयोजनका लागि चाहिने कुरा हो ।

नेपालका सन्दर्भमा पानी आवश्यकताभन्दा बढी छ सर्वविदितै छ । तर आवश्यकतामा मानवीय जीवनका लागि चाहिने अवस्था र स्थानमा पानीको अभावमा विभिन्न समस्याहरू आइपरेका छन् ।

अहिले पनि पानी बग्ने नदीहरूबाट बगिरहेको छ तर चाहिने र आवश्यक बस्तीहरूमा पानीको अभाव कायमै छ ।

नदी या मूल या स्वच्छ प्रकारको खानेपानी आयोजना नहुँदा पनि पानीका हरेक विकल्पहरूमा पनि सोच्न सकिन्छ र आधारभूत आवश्यकता पनि पूर्ति गर्न सकिन्छ भन्ने उदाहरणहरू पनि अहिले छन् ।

त्यसका लागि विभिन्न क्षेत्रमा अभ्यास पनि भएका छन् ।

त्यस्तै, नेटा थुम्काका सबै घरपरिवारहरू आकाशे पानी सङ्कलन गर्ने घैंटो बनाएका छन् ।

आकाशबाट परेको पानी जम्मा गर्ने र खानेपानीको समस्यालाई कम गर्ने गरी निर्माण गरिएका घैंटोले ग्रामीण क्षेत्रमा पानीको जोहो गर्ने झञ्झट कम गरेको छ ।

पिउनको लागि सङ्कलन गरेको आकाशे पानीको प्रयोगमा मितव्ययिता अपनाएपछि भान्छामा आफ्नै बारीको ताजा तरकारी पाक्ने गरेको स्थानीयबासीको दावी छ ।

नेटा जस्तै अन्य कतिपय यस्ता स्थान छन्, जहाँ न पिउने पानी पाइन्छ, न कुनै पानीको विकल्प नै छ तर त्यस्ता ठाउँहरूमा पनि पानीको विकल्प छ भन्ने कुराको उदाहरण नेटा भएजस्तै अन्य क्षेत्रमा पनि त्यसको विकल्प रोज्न सकिन्छ ।

त्यसका लागि खानेपानी आयोजनाहरूको सम्भाव्यता अध्ययनसँगै अन्य क्षेत्रमा पनि विभिन्न परीक्षणहरू गरेर आकाशे पानी तथा घैंटोको प्रयोग गर्न सकिन्छ । बरू राज्यका विकल्पका रूपमा त्यस्ता विकल्पहरूबारे पनि सोच्ने कि ?