२०७७ माघ ७, बुधबार

ट्राफिकलाई झेल्दै ई–रिक्सा सञ्चालक लाइसेन्सको माग गर्दै आन्दोलन

eeसुर्खेत, असोज २० । सुर्खेतमा ई–रिक्सा सञ्चालनमा आएको लामो समय भएको छैन । नेपालको संविधानको विषयलाई लिएर भारतले नाकाबन्दी गरेको बेला सुर्खेतमा पहिलोपटक ई–रिक्सा सञ्चालनमा आएका थिए ।

नाकाबन्दी भएपछि इन्धन अभावमा सवारी साधन चल्न नसक्ने अवस्था भएपछि सुर्खेतमा छोटो दूरीका लागि ई–रिक्सा सञ्चालन गरिएको हो । जसले यात्रुहरूलाई फाइदा पु¥याएको छ ।

सुुरूमा चार वटा मात्रै रहेका ई–रिक्सा पछिल्लो समय करिब एक सयको हाराहारीमा सञ्चालन भइरहेका छन् । विभिन्न पेशाबाट अवकाश प्राप्त गरी आफ्नै देशमा केही रोजगार गरौँ भनेर ई–रिक्सा सञ्चालन गरिरहेका रिक्सा सञ्चालकहरू अहिले भने ई–रिक्सा सञ्चालन गर्न कठिन भएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

ई–रिक्सा चालकसँग लाईसेन्स छैन । यसको लाइसेन्सको व्यवस्था पनि गरिएको छैन ।

तर यसकै कारण उनीहरूलाई समस्या परेको छ । उनीहरूले अहिले ट्राफिकलाई झेलिरहेका छन् । रिक्सा चालक सुरेन्द्र नेपालीले ट्राफिकले बाटोमा समात्ने र आफूहरूलाई लाइसेन्सकै लागि दुःख दिने गरेको बताए ।

लाइसेन्सको व्यवस्था गर्न भन्दै आन्दोलनमा उत्रिएका उनले भने, ‘‘ट्राफिकले हाम्रो लाईसेन्स मागिरहन्छ, छोपिरन्छ, त्यसैले हामीलाई लाईसेन्स चाहिन्छ ।

’’ उनले थपे, ‘‘लाईसेन्स नपाउन्जेलसम्म हामीलाई ट्राफिकले फ्रि गरिदिनुपर्छ नत्र हामीले कसरी रिक्सा सञ्चालन गर्ने ?’’
नेपाली सेनाको जागिरबाट अवकाश पाएर विगत दुई महिनादेखि ई–रिक्सा चलाईरहेका लाटीकोईलीका वीरबहादुर थापा मगरले सरकारले ई–रिक्सा बिक्री पनि गराउने, भन्सार कर, राजश्व पनि लिने अनि आफूहरूलाई दुःख दिने गरेको गुनासो गरे ।

उनले सरकारले रिक्सा चालकलाई गरिखाने वातावरण नमिलाए सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिए । ‘‘सरकारले गाडी बिक्री गराउने, राजश्व, भन्सार कर सबै लिने तर हामीलाई दुःख दिएको छ ।

” उनले भने, ‘‘हामीलाई सबै कागजपत्र मिलाईदिनुप¥यो, निर्धक्क भएर गरिखाने वातावरण मिलाईदिनुप¥यो, कति ट्राफिकलाई झेलिरहने ?’’
रिक्सा सञ्चालकले माग पूरा नभएमा कडा संघर्षका कार्यक्रम गर्ने बताएका छन् ।

विदेश पलायन हुने युवाहरूले स्वदेशमै केही गरेर खाउँ भनेर आफूहरूले रिक्सा सचालन गरेको भन्दै उनीहरूले समयमै प्रशासनले साथ नदिएको बताए ।

आफ्ना मागहरू पूरा नगरेको भन्दै प्रशासनले आफूहरूलाई बेवास्ता गरेको चनौटेका रिक्सा चालक बीबी सोनीले गुनासो गरे । उनले ट्राफिकले गर्ने ज्यादती बन्द गर्न माग गरे ।

प्रशासनले नै रिक्सा सञ्चालनका लागि निश्चित नीति बनाइदिए त्यही अनुसार आफूहरू सञ्चालन हुने रिक्सा चालकहरूले बताएका छन् । उनीहरूले बुधबार जिल्लाका विभिन्न निकायमा ई–रिक्सासहित पुगी ज्ञापन–पत्र पनि बुझाएका छन् ।

ज्ञापन–पत्रमा लाइसेन्सको व्यवस्था गर्नुपर्ने, पार्किङको व्यवस्था गरिदिनुपर्ने, चालकको जीवन सुनिश्चित गरिनुपर्ने, सडक अतिक्रमण बन्द गरिनुपर्ने लगायतका मागहरू उल्लेख गरिएको छ ।

उनीहरूले जिल्ला प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र वीरेन्द्रनगर नगरपालिकामा ज्ञापन–पत्र बुझाएका हुन् ।

यता, जिल्ला प्रशासन कार्यालय, सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले भने नेपाल ई–रिक्सा चालक संघले राखेका मागहरू फरक–फरक भएकोले यी मागहरू मन्त्रालयले नै सुनुवाई गर्ने बताए ।