२०७७ कार्तिक ४, मंगलवार

सिरियामा शक्तिशाली बिस्फोट, ४० को मृत्यु

१२ साउन, एजेन्सी।
सिरियाको कुर्द शहरमा भएको शक्तिशाली बिस्फोटमा कम्तीमा ४० जनाको मृत्यु भएको छ । एक सय भन्दा बढी मानिस घाइते भएका छन् ।

siriya-bomb-294112718घटनाको जिम्मा इस्लामिक स्टेट आइएसले लिएको छ । आक्रमणकारीले बिस्फोट पदार्थ जडित ट्रक र मोटरसाइकल प्रयोग गरी बिस्फोट गराएको बीबीसीले जनाएको छ ।

बिस्फोट स्थल वरपरका घरहरु भत्किएका छन् भने मानिसहरुबीच भागदौड मच्चिएको छ । कुर्द सुरक्षा बललाई लक्षित गरी कुर्द प्रशासन मुख्यालय नजिकै बिस्फोट गरिएको हो ।