२०७७ मंसिर १०, बुधबार

अज्ञात रोगले पशुचौपाया मरे

imagesसुर्खेत, असोज २० । सुर्खेतको पश्चिम तातापानीमा पशु चौपायामा अज्ञात रोग देखापरेको छ ।तातापानी गाउँ विकास समितिको वडा नं. ७, ८ र ९ मा धेरैजसो पशु चौपायाहरू बिरामी परेका छन् ।

पशुहरूमा घाँस नखाने, बसिरहने, ज्वरो आउने, खुट्टा पाक्ने , मुख पाक्ने, दूध नदिने लगायतका लक्षण देखा परेका छन् ।

स्थानीय कृष्णप्रसाद भण्डारीले अहिलेसम्म कोही पनि पशु चिकित्सकले जाँच नगरेको हुँदा पशुको रोग थाहा नभए पनि खोरेत रोग भन्दै कृषकहरूले घरेलु उपचार गरिरहेका छन् ।

अहिलेसम्म एउटा बिरामी गोरू मरिसकेको र बाँकी गाउँका धेरैजसो पशु चौपायाहरू गम्भीर बिरामी परेको भण्डारीले जानकारी दिए ।
स्थानीयले रोगको पत्ता लगाई त्यसको तत्काल समाधान गरिदिन सम्बन्धित निकायमा आग्रह गरेका छन् ।