२०७७ मंसिर १४, आईतवार

अन्तरनिर्भरको १७ औ साधारणसभा

सुर्खेत असोज २१ । अcropped-cropped-cropped-logos-1-4न्तरनिर्भर समाज सुर्खेतले आफ्नो १७ औ वार्षीक साधारणसभा गरेको छ ।

विहिवार वीरेन्द्रनगरमा समाजले साधारणसभा गरेको हो । साधारणसभाको शुभकामना दिदै सहभागिहरुले अन्र्तनिर्भर समाजले सामाजिक विकाशका लागि खेलेको भुमिकाको प्रसंसा गरेका थिए ।

सहभागिहरुले समाजले गरेको सामाजिक कामको चरित्र समाज र समुदाय मुखि भएको भन्दै अन्य गैर सरकारी संस्थाहरुले पनि अन्र्तरनिर्भरबाट सिक्नुपर्ने बताएका थिए ।

कार्यक्रममा जिल्ला विकास समिति सुर्खेतका सामाजिक शाखा अधिकृत टंक लामिछानेले गैससहरुले गर्ने कामले समुदाय र लक्षीत बर्ग सन्तुष्ट हुनुपर्ने औल्याए ।

लामिछानेले गैससहरु आफैमा पारदर्शी र अरुले प्रश्न तेर्साउने खालको नभै सबैले सिक्न लायक हुनुपर्ने बताए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य,जिल्ला शिक्षा, विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधीहरुको पनि सहभागिता रहेको थियो ।समाजले गरेको पैरविका कारण १ वर्षको अबधिमा १० जना राजिहरुले आफ्नो जग्गा प्राप्त गरेको,बाढि पिडितलाई ४६ वटा घर निर्माण गर्दिएको तथा तिनै परिवारलाई बैकल्पीक सोर्य उजौ जडान गरिएको लगाएतका प्रगति विवरण सहित प्रस्तुत गरेको प्रगति प्रतिवेदन पाश भएको छ ।

त्यस्तै संस्थाको १ करोड ५४ लाख २१ हजार ९ सय ४४ रुपैया बराबरको आर्थीक प्रतिवेदन समेत पाश गरेको संस्थाका व्यवस्थापक विवेक शाहीले जानकारी दिए ।