२०७७ मंसिर १३, शनिबार

रिक्सा चालकप्रतिको निन्दनीय व्यवहार

दुई पांग्रे रिक्सा अहिले सुर्खेतीहरुका लागि महत्वपुर्ण साधन भएको छ । रिक्साले जतिवेला पनि सहजै यात्रुहरुलाई गन्तव्यमा पुर्याइदिन्छ ।

अलपत्र परेका र बसको माध्यमबाट टाढा टाढाबाट आएका यात्रुदेखी नजिकै वल्व गाउबाट पल्व गाउ जाने यात्रुलाई समेत रिक्साले गरेको सहयोग र योगदान असाध्यै उल्लेखनीय छ ।

यसका बारेमा यो भन्दा धेरै भनिरहनु पर्दैन । सुर्खेतमा ई–रिक्सा सञ्चालनमा आएको लामो समय पनि भएको छैन । तर छोटै समयमा यो यात्रुहरुका लागि महत्वपुर्ण र अत्यावस्यकीय साधन बनेको छ ।

नेपालको संविधानको विषयलाई लिएर भारतले नाकाबन्दी गरेकोवेला सुर्खेतमा पहिलो पटक ई–रिक्सा सञ्चालनमा आएका थिए । नाकाबन्दी भएपछि इन्धन अभावमा सवारीसाधन चल्न नसक्ने अवस्था भएपछि सुर्खेतमा छोटो दुरीका लागि ई–रिक्सा सञ्चालन गरिएको हो ।

जसले यात्रुहरुलाई फाइदा पु¥याएको छ । सुुरुमा चार वटा मात्रै रहेका ई–रेक्सा पछिल्लो समय करिब एक सयको हाराहारीमा संचालन भईरहेका छन् ।
विभिन्न पेशाबाट अवकाश प्राप्त गरी आफ्नै देशमा केही रोजगार गरौँ भनेर ई–रिक्सा संचालन गरिरहेका रिक्सा सञ्चालकहरु अहिले भने ई–रिक्सा सञ्चालन गर्न कठिन भएको भन्दै आन्दोलनमा उत्रिएका छन् । ई–रिक्सा चालकसंग लाईसेन्स छैन ।

यसको लाइसेन्सको व्यवस्था पनि गरिएको छैन । तर यसकै कारण उनीहरुलाई समस्या परेको छ । उनीहरुले अहिले ट्राफिकलाई झेलिरहेका छन् ।

यस्तो अवस्थामा राज्यले उनिहरुलाई लाईसेन्स वा अन्य वैकल्पीक व्यवस्था गर्दिएर सहज रिक्सा सञ्चालन गर्न दिनुको साटो उल्टै सास्ती दिने र हतोत्साहित गर्ने कार्यले राज्यको भुमिकाका बारेमा प्रश्न उठेको छ ।

अहिले रिक्सा चालकको अवस्था उनिहरुको वैधानिकता र चालक अनुमतिपत्रका लागि वैकल्पीक व्यवस्था गर्न राज्य जिम्मेवार र जवाफदेही हुनैपर्दछ ।