२०७७ मंसिर ९, मंगलवार

स्थिरताका लागि शुभकामना

हिन्दूहरुको महान् पर्वका रुपमा रहेको दशै एकाताको पर्व हो । लगतै आउने तिहार र छठ पनि आफैमा एकताका पर्व हुन् । सामीप्यता जोडने पर्व हुन ।

यी पर्वले शान्ति स्थापना गर्ने प्रेरणा र स्थायित्वको सन्देश दिन्छन । हामी यी पर्वभित्र अहिले पनि एकताको मर्म पायौ भने सबै नेपाली एकताको मालामा एकत्रित भएर अ.उभिन सक्छौ ।

लामो समय संक्रमणकालीन अवस्थाबाट गुज्रिएका हामीहरु अब देशले स्थायित्व प्रदान गर्ने र गति लिने आशामा छौ ।

वर्षौदेखि पालेर राखेका आशाहरु हामी अब निश्चय पनि खुसीहरुमा रुपान्तरण गर्नेछौ । आशाहरु परिणाममा रुपान्तरण गर्ने अवस्थामा छौ ।

यी खुसीहरु अब मनाउदै गरेका पर्वहरुले देलान तर त्यो भन्दा धेरैखुसी हामीले चाहेको खुसी देशमा सबै राजनीतिक दलका बीचमा सम्बद्धिको यात्रामा लाग्ने प्रतिबद्धता भयो भने मात्रै पर्याप्त हुनेछन ।

समयमै तोकिएका ३ तहका निर्वाचन भए र स्थिरता कायम भयो भने देशले विकास गति पकड्ने छ ।

हामीले मनाउने पर्वहरुका आ —आफ्नै संस्कृतिक मान्यता छन । आ—आफ्नै परम्परागत मान्यता छन् । हामीले मनाउने गरेका पर्वका आ—आफ्नै सामाजिक मान्यता छन् ।

तर हामीले मनाउने भनेको सामाजिक सदभावना अनुरुप नै हो । सामाजिकरुपमा सबैका बीचमा खुसीहरु साटासाट गर्ने, सबैका बीचमा एकताको सन्देश दिने र पारिवारिक सुख र शान्तिका लागि जमघट भएर आर्शिवाद साटासाट गर्ने नै हो ।

यिनै पर्वका सन्दर्भमा हामी सबैले प्रतिबद्धता गरौ कि देशमा पनि सबै दलका बीचमा आपसी मेलमिलाप र सद्भाव कायम होस् देश सम्बृद्धिको बाटोमा आगाडी बढोस् ।

देश सम्बृद्ध हुनु भनेको हामी सबै नागरिक सम्बृद्ध हुनु हो । सम्बृद्धिका लागि सबैमा विजयादशमीको शुभकामना !