२०७७ मंसिर १०, बुधबार

दाङमा पनि ‘भौरा’ को च्यारेटी शो हुने

tharuघोराही, २१ असोज
थरु भाषामा निर्माण गरिएको चलचित्र ‘भौरा’ को दाङका विभिन्न स्थानमा च्यारेटी शो गरिने भएको छ । आज घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाका विभिन्न तीन स्थानमा च्यारेटी शो गरिने जानकारी गराइएको हो ।

चमपन साँस्कृतिक समुहको ब्यानरमा निर्माण गरिएको पत्रकार सम्मेलनमा चलचित्रका कलाकार रोशण रत्गैयाले दाङको घोराही, लमही र तुलसीपुरमा च्यारेटी शो गर्न लागिएको जानकारी दिनुभएको थियो ।

घोरहीको भिंग्रेली रिसोर्टमा भोली शनिबार दिउसो १२ बजे, लमहीमा २३ गते र २७ गते तुलसीपुरमा च्यारेटी शो गर्न लागेको जानकारी दिनुभएको थियो ।

अनार्थ बामलबालिकाहरुलाई सहयोग गर्ने उद्देश्यले च्यारेटी शो गर्न लागिएको जानकारी गराइएको थियो ।

माघदेखि प्रदर्शनमा आउने चलचित्रमा थारु समुदायको सस्कृति संरक्षणको पक्षमा निर्माण गरिएको बताइएको छ ।

दाङ र देउखुरीका विभिन्न स्थानमा चलचित्रको छायांकन गरिएको छ ।

असोज १४ गतेदेखि राजधानीबाट चलचित्रको च्यारेटी शो गर्न सुरु गरिएको थियो ।

थरु पत्रकार संघका सन्तोष दहितको अध्यक्षता तथा था? सस्कृतीविद सुशील चौधरीको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।

चलचित्रमा अञ्जु चौधरी, रोशन रत्गैया, राम कुस्मी, रीमा चौधरी, निरु चौधरीलगायतको भुमिका रहेको छ ।

नन्दुराम चौधरीले निर्माण गरेको चलचित्रलाई कृष्ण चौधरीले निर्देशन गर्नुभएको छ । चलचित्रलाई श्रीनारायण चौधरीले पटकथा लेख्नुभएको छ ।