२०७७ मंसिर १३, शनिबार

पत्रकार गाहा सम्मानित

gahaसुर्खेत असोज २२ । शुक्रवार वीरेन्दनगरमा सम्पन्न भएको आर्दश ग्रामीण बहुउदेश्यीय सहकारी संस्था लिमिटडले पत्रकार ललित गाहा सम्मान गरेको छ ।

सुनगाभा टेलिभिजनका निर्देशक गाहालाई वीरेन्द्रनगर १७ मा रहेको आदर्श ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो चौथौ वार्षिक साधारणसभामा सम्मान गरेको हो ।

हरेक वर्ष सहकारीको विकासमा योगदान गर्ने पत्रकारहरुलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत सहकारीले यो वर्ष पत्रकार गाहालाई सम्मान गरेको हो ।

यसैबीच सहकारीको साधारणसभा बहुउद्देश्यीय सहकारी संघ सुर्खेतका अध्यक्ष चन्द्रप्रसाद थानीको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष राजेन्द्र बुढाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

सहकारीले गत आर्थिक वर्षमा सहकारीले ७ करोड ३६ लाख ८३ हजार ८६ रुपैयाँ ४३ पैसा कारोवार गरेको छ । साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका व्यवस्थापक बलबहादुर रोकायले एक वर्षमा तीन करोड ५४ लाख ८ सय ७० रुपैयाँ निक्षेप संकलन गरेको जानकारी दिए ।

यस्तै ऋण लगानी २ करोड ६३ लाख ३२ हजार र ऋण असुली २ करोड ३८ लाख ५४ हजार ९४४ रुपैयाँ रहेको रोकायले जानकारी दिए । यस्तै तीन करोड ३९ लाख ९२ हजार ४ सय ८२ रुपैयाँ निक्षेप फिर्ता गरिएको सहकारीले जनाएको छ ।

सहकारीले आर्थिक वर्ष ०७३÷०७४ का लागि यस अघिका कार्यक्रमलाई निरन्तरता दिदै नयाँ कार्यक्रमहरु पनि प्रस्ताव गरेको छ । इस वर्षदेखि सेयर सदस्य सुत्केरी भए भत्ता दिने, सेयर सदस्यको मृत्यु भएको खण्डमा पनि राहत रकम दिन राहात कोष स्थापना गर्ने निर्णय गरिएको अध्यक्ष राजेन्द्र बुढाले जानकारी दिए ।

साधारणसभामा सल्लाहाकार रामबहादुर बुढा, विद्याभूषण मानन्धर, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चण भारती लगायतको उपस्थिति रहेको थियो ।