२०७७ मंसिर १०, बुधबार

टीका प्रयोग गर्न शर्माको आग्रह

घोराही २14607915_1184879924903152_1216465178_n३ असोज । साहित्यकार दिपक शर्मा समीरले दशैमा अक्षताको ठाउँमा टीका प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

आज आइतबार घोराहीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर साहित्यकार शर्माले अक्षताले चामलको नास हुने भन्दै टीका प्रयोग गर्न आग्रह गर्नुभएको हो ।

दशैमा अक्षताको प्रयोग गरेर चामलको बढी नास हुने भन्दै साहित्यकार शर्माले सबै नेपालीले टीका प्रयोग गरेमा चामलको बचत हुने धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष सुदीप गौतमले अक्षता प्रयोग नगर्ने अभियानले राम्रो हुने बताउनुभयो ।

कार्यक्रममा साहित्यकार शर्माले आफुले पनि अक्षता प्रयोग नगरेर टीका मात्र प्रयोग गर्ने भन्दै बताउँदै प्रत्येक घरबाट अक्षता हटाउने अभियान थालिएमा केही मात्रामा भोकमरीको समाधान हुने पनि बताउनुभयो ।

त्यसअवसरमा राप्ती साहित्य परिषद्का अध्यक्ष पुषोरुत्तम खनाल, गणतन्त्र दैनिकका प्रकाशक÷सम्पादक सविन प्रियासन, साहित्यकारहरु कमलमणी देवकोटा, सिस्नोपानी नेपालका डाक्टर लोकराज पराजुली, पत्रकार लेलिन बञ्जाडेलगायतकाले अभियान सुरुवात गरेकोमा धन्याबाद ज्ञापन गर्नुभएको थियो ।