२०७७ कार्तिक ५, बुधबार

बलिउडको सबै रेकर्ड तोडियो: कबालीले पहिलो दिनमै कमायो २५० करोड

९ साउन, एजेन्सी।

kabali-491799रजनीकान्तको कबालीले बलिउड बक्स अफिसको सबै रेकर्ड तोडेको छ। फिल्मका निर्माताले दाबी गरेका छन् कि शुक्रबार रिलिज भएको फिल्म कबालीले पहिलो दिनमै २५० करोड भारु संकलन गरेको छ। यो वर्ष सलमान खान स्टारर ‘सुल्तान’ले सबैभन्दा बढी पहिलो दिन ३६।५ करोड भारु कमाएको थियो।

फिल्मका निर्माताले कबालीले तमिलनाडुमा १०० करोड र विश्वका अन्य ठाउँमा १५० करोड भारु संकलन गरेको हो। कबाली विश्वभरको करिब ८०००-१०,००० स्क्रिन्समा रिलिज भएको छ। जसमा अमेरिकामा ८०, मलेसियामा ४९० र गल्फ देशमा ५०० स्क्रिनमा फिल्म देखाइको छ।

पहिलो दिनको कमाइ अनुसार भारतका टप ५ ग्रोसर
कबालीस् २५० करोड भारु
बाहुबली द बिगनिंगस् ५० करोड भारु
ह्याप्पी न्यू इयरस् ४५ करोड भारु
प्रेम रतन धन पायोस् ४० करोड भारु
सुल्तानस् ३६।५ करोड भारु