२०७७ माघ १२, सोमबार

सुखसँग गरिखान दिएको भए हुन्थ्यो ।

dsc01044सुर्खेत असोज २४ । बिहान बेलुका “पसीना बगाइ दु.ख गरि खान नपाइने भो” मध्यान्हमा यात्रु कुरेर बसेका सुर्खेत वीरेन्द्रनगर ४ भैरवस्थानका याम बहादुर थापा पसीना पुछ्न थाले, “सजिलो त कहाँ थियो ।

र ई — रिक्सा चलाउन, तर यही पनि नहुने भयो” उनले भने दिन भरि यात्रुहरु बोकेर कहिले पाँच सय हुन्छ । त कहिले एक हजार पनि पुग्थ्यो ।

यही कमाइले परिवार पाल्ने र बच्चा पढाउने उनको रोजगारको रुपमा लिने गर्थे ई रिक्सामा समस्या आउछ कहिले ब्याट्रि बिग्रने गर्छ त कहिले कन्ट्रोल बक्स कहिले टायर बिग्रने पिडा छदै छ ।

त्यसैमा पनि ट्राफिकले लाइसेन्स खोज्न झन झट खेप्दै आउनु भएको छ । पाँच वर्ष साउदीमा दु.ख गदै आए साउदीमा अर्कोको देशमा गुलाम भएर बस्नु पर्ने भएकोले आफनै ठाँउमा परिवार सँग बस्ने सपना कस्लाई पो हुदैन र बुढेकाल पनि लाग्यो अब ४३ वर्षको पनि भए नेपाल आएर के गरेर परिवार पाल्ने भन्ने चिन्ताले सताउदा विकल्पको रुपमा ई—रिक्सा किने स्वतन्त्र भएर काम गरि खान्छु भन्ने सोचेको थिए । तर त्यही पनि गरेर खान नपाइने बताउछन ।

याम बहादुर मात्रै होइन यम बहादुर जस्ता अरु पनि धेरै छन । स्वतन्त्र रुपमा काम गरि खाने वातावरण सिर्जना भईदिएको भए हुन्थ्यो ई रिक्सा व्यवसायीहरुको माग गरेका पनि थिए ।

अटो रिक्सा भित्रिएपछि सुर्खेतमा पैदल हिडने कमै होलान ई रिक्सा सजिलो भएकोले आफनो गन्तव्य सम्म पुगनु पर्ने यात्रुहरुलाई सहज पनि भएको छ ।dsc01042

रातीको समयमा ढिला हुदा उनीहरुको घर सम्म पुगाउने वातावरण भएको बताउछन । यामबहादुर उहाँ जस्तै अर्को वीरेन्द्रनगर १ बाङेसिमल घर भएका लिलाराम आचार्यको पहिले भारतमा ज्याला मजदुरी गरि पाँच जनाको परिवार पाल्थे भने अहिले ई रिक्सा सञ्चालन भए पछि उनको इच्छा रिक्सा चलाउने तिर जाग्यो ।

आचार्य भन्छन भारतमा अर्कोको ठाँउमा हेपिएर बस्नु पथ्यो भने आफनो ठाँउमा भएपछि ढुक्क सँग काम गरि खान पाइएला घर परिवारसँग दु.ख सुख साटन पाइएला भन्ने इच्छा भएर ई रिक्सा किनियो वीरेन्द्रनगर नगरपालिकामा पनि दर्ता छ ।

वर्षको ६५ रुपैया कर समेत लाग्ने बताउछन । ढुक्क काम गराउला भन्ने सोचेको थिए । तर ट्राफिकहरुले अनावस्यक दु.ख दिने गरेको गुनासो गरे ।

ई रिक्सा व्यवसाय सजिलो छैन कहिले ब्याट्रि बिग्रन्छ । चार वटा ब्याट्री किन्न ५० हजार देखि ६० हजार सम्म पर्ने बताए । हप्ताको एक दिन ट्राफिकहरुले एक दुई रिचार्ज हाले पनि हुन्छ ।

भन्छन । कोही कसैलाई नदिएमा १ हजार ५ सय जरिवाना लाग्ने सम्म पनि भन्ने गरेको बताए । हामीले लाईसेन्स खोजेका थियौ । पार्किङको व्यवस्था मागेको थियौ ।

सबै छ । ब्लूबुक पनि छ । नगरपालिकामा अनुमति छ । हामी रिक्सवाला भनेर यातायात व्यवसायीले पनि हेप्ने गरेको बताए ।

उनले भने अहिले ७० प्रतिशत युवाहरु रोजगारी भएको र विदेश पलायन नभएको यसका लागि सरकारले यसको व्यवस्था गर्नु पर्ने भनाई थियो ।

यस्तै वीरेन्द्रनगर ६ गणेशचौक घर भएका भद्र बहादुर क्षेत्री नेपाल प्रहरीबाट रिटाट भएको तिन वर्ष भयो ।

आफना ८ जना परिवार पाल्नकै निम्ती रिक्सा व्यवसाय रोजेका थिए । क्षेत्रीको दुई दुई पटक अप्ररेसन पनि भएकोले आफूलाई भारी बोक्ने जस्ता काम गर्ने नसक्ने भएकोले यो व्यवसाय रोजेको बताए ।

आफु मरेर बाँचेको बताउदै भने अरु गर्ने नसके पनि रिक्सा चलाएर खान्छु भन्ने जोस पलाएको बताए । अहिले दिनमा आँठ सय देखि हजार रुपैया सम्म कमाउने उहाँको भनाई रहेको छ । सबै भन्दा बढी बिग्रने भनेको ब्याट्रि हो ।

यसमा खर्च धेरै हुन्छ । हामीहरुलाई लाईसेन्सको व्यवस्था भयो । भने हाम्रो जिवनको सुरक्षित पनि हुन्थ्यो बिमा पनि गरेको अनुमति पनि नगरपालिकाले दिएको छ ।

लाइसेन्स भई दिएको भए राम्रो हुन्थ्यो । परिवार पाल्ने सम्म राम्रै भएको बताए । हाल अहिले सुर्खेतमा ६० वटा ई—रिक्सा भएकोले सुर्खेतमा यात्रुहरुलाई सहज र सजिलो भएको क्षेत्रीको भनाई रहेको छ ।