२०७७ मंसिर १३, शनिबार

गायत्री मन्दिरलाई आर्थिक सहयोग

  • रत्ननगरpic1-1 २४ । असोज । विजया दशमीको अबसर पारेर रत्ननगर १ निपनीमा रहेको गायत्री हरिहर मन्दिर संरक्षण समितिलाई आर्थिक सहयोग गरिएको छ ।

नुवाकोट स्थायी घर भई बैदेशिक रोजगारीको लागि अष्टे«लियामा रहेकी हिरा गिरी र उनका श्रीमान कुमार गिरीले २५ हजार सहयोग गरेका हुन ।

मन्दिर संरक्षण समिति द्धारा सञ्चालित वेद वेदाङग सँस्कृत विद्यालय गुरुकुलममा अध्यायनरत विद्यार्थीहरुका लागि रत्ननगर ८ निवासी हिराका भिनाजु शंकर पुरी मार्फत मन्दिरलाई सो रकम हस्तान्तरण गरिएको हो ।

मन्दिरमा आज आयोजित कार्यक्रममा शंकर गिरी,नारायण पुरीले मन्दिर संरक्षण समितिका अध्यक्ष वेद पुरीलाई सो रकम हस्तान्तरण गरेका थिए ।

३५ जना अध्यायनरत सो गुरुकुलम मुठी दान र चन्दा संकलन गरिएको गुरुकुलमका अध्यक्ष तथा मन्दिर संरक्षण समितिका सचिव निलकण्ठ शर्माले जानकारी दिए ।

गुरुकुलम सञ्चालन गर्न बार्षिक १२ लाख खर्च हुने र मुठी दान र दीर्घकालिन सहयोग नभएका कारण समस्या भएको उनले बताए ।

रकम हस्तान्तरण कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समिति वडा नं.८ का संयोजक ज्ञानेन्द्रराज पाण्डे,पत्रकार महासंघ चितवनका कोषाध्यक्ष होमनाथ सापकोटा,मन्दिर संरक्षण समितिका सदस्य शंकर गिरी,कृष्ण पुरी,लक्ष्मीनारायण पन्त लगायतको उपस्थिति रहेको थियो ।