२०७७ कार्तिक ६, बिहीबार

सलमान खानको भविश्य डामाडोल हुन सक्छ :

१० साउन, एजेन्सी ।
salman-jail-3सलमान खानका फ्यानहरुलाई नरमाइलो खवर छ । बलिउडमा दबङ्ग हिरो सलमानका लागि आजको दिन जीवनकै सबैभन्दा महत्वपूर्ण मध्ये एक हुन सक्छ ।

आज ९सोमबार० राजस्थान हाइकोर्टले सलमान विरुद्ध परेको ‘हरिण शिकार’ मुद्धामाथि अन्तिम फैसला गर्दैछ । राजस्थान हाइकोर्टले सलमानलाई दोषी ठहर गरेमा उनी पाँच वर्षका लागि जेल पर्न सक्छन् । यस अघि अदालतले सलमानलाई सफाइ दिएपनि राज्य सकारले भने उक्त फैसलाविरुद्ध अपिल गरेपछि सलमानमाथिको अन्तिम फैसला बाँकी छ ।

उच्च अदालतले तल्लो अदालतलको पुरानो ५ वर्ष जेल पठाउने फैसला कायम राखेमा सलमान खान जोधपुर जेल जाने छन् । सन् १९९८ को सेप्टेम्बरमा सलमान खानले राजस्थानको जोधपुरस्थित एक गाउँमा हरिणको शिकार गरेको आरोप छ । उनलाई सन् २००६ फेव्रुअरी १७ मा त्यहाँको अदालतले १ वर्षको जेल सजाय सुनाएको थियो । त्यसैगरी पछि उक्त अदालतले सलमानलाई ५ वर्ष जेल पठाउने फैसला गरेको थियो ।