२०७७ मंसिर १०, बुधबार

बोक्सी प्रथाको अन्त्यको लागि बन्ने चलचित्र ‘‘अग्निदहन’’ को शुभारम्भ

chalchitra-ko-news-30काठमाडौं, ३० असोज । सामाजिक विषयमा आधारित चलचित्र ‘अग्निदहन’को आज शुभारम्भ गरिएको छ ।

आईतबार रिपोर्टर्स क्लब नेपालमा मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय प्रतिष्ठान नेपालले पत्रकार सम्मेलन गरेर समाजको जल्दोबल्दो विषयका रुपमा रहेको बोक्सा बोक्सी कुप्रथालाई लिएर नेपाली चलचित्र अग्निदहन निमार्ण गर्न लागेको जानकारी गराएको छ ।

कार्यक्रममा बोल्दै सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले समाजलाई परिवर्तन गर्नु छ भने रुढीवादी मान्यताको उन्मुलन गर्नुपर्ने हुन्छ र समाज बदल्न नसकिने तर समाजको सोच बिचार र मान्यता अवश्य बदल्न सकिने बताउदैे भने “ तत्काल छायांकन हुन लागेको नेपाली चलचित्र अग्निदहन शिक्षा, सुचना र मनोरञ्जनको त्रिवेणी बन्ने छ, यो चलचित्रले नेपाली समाजमा रहेको कुप्रथा बोक्सी प्रथा जरैदेखि उखेलेर फाल्नको लागि नयाँ तरंग ल्याउने छ ।’

उनले अघि थपे,‘यो बोक्सी प्रथा नेपालमा मात्र नभएर भारत, श्रीलङका, बङगलादेश लगायत देशमा अझै पनि कुप्रथाको रुपमा रहेको हुँदा कलाकारहरूले गहन भएर अभिनय गर्ने हो र गुणस्तरीय बनाउने हो भने यो चलचित्रलाई अन्य देशमा प्रर्दशन गर्न सकिन्छ । ”

सञ्चारकर्मीको एक प्रश्नको जवाफमा सचिव थपलियाले यस्ता सामाजिक विषयमा आधारित चलचित्रलाई कर मुक्त बनाउने आफुहरूको लक्ष्य रहेको बताएका छन् । उनले निमार्ण अगावै चर्चामा रहेको नेपाली चलचित्र अग्निदहन कर नतिर्ने पहिलो नेपाली चलचित्र रहेको पनि जानकारी दिए ।

त्यस्तै कार्यक्रममा पत्रकार ऋषि धमलाले नेपालको ईतिहास मै नयाँ बन्न लागेको नेपाली चलचित्र अग्निहदन कुनै एक व्यक्तिसँग नभई तीन करोड नेपालीको जीवनसँग जोडिएको विषय र चलचित्र भएको दाबी गर्दै भने “चलचित्र बन्नु ठुलो कुरा होईन, कस्तो चलचित्र बनाउने भन्ने कुराले महत्व राख्दछ, चलचित्रले दिन खोजेको संन्देशले फरक पार्छ, त्यसैले म आग्रह गर्न चाहन्छु ।’

धमलाले अघि थपे,‘ तपाईहरूले यो विषयको चलचित्र निमार्ण गर्दा गहन भएर लाग्नुस् यस चलत्रिचले नेपाली समाजमा नौलो घाम लगाउने छ, म नेपाली चलचित्रको बारेमा राष्ट्रिय वहस गर्न तयार छु, तपाईहरूलाई मेरो आग्रह छ, पैसा ठुलो कुरा होईन विषय ठुलो कुुरा हो । त्यसैले यस चलचित्रलाई समाजका हरेक मानिसको बिचमा लैजाने हो भने यसले चलचित्रले सफलता हासिल गर्ने छ । ”

कार्यक्रममा बोल्ने क्रममा अग्निदहन चलचित्रका निर्देशक घनश्याम लामिछानेले यो विषयमा बन्न लागेको चलचित्र पहिलो हुने भन्दै आफुले सक्दो न्याय दिने प्रण गर्दै भन,े ‘साहित्यकार, गीतकार, कथाकार, उपन्यासकार लगायतले यो बोक्सी प्रथाको बिषयलाई प्राथमिकता दिएका छैनन्, अब हामी यस विषयलाई गहन भएर चलचित्रमा उर्ताने छौ ।’

त्यस्तै संस्थाका संरक्षक भुवनेश्वर शर्मा पौडेलले आफुहरूको अभियान अब चलचित्रको माध्यायबाट सुरु भएको जनाएका छन् ।
कार्यक्रमका अध्यक्ष कोविदशरण उपाध्यायले यो चलचित्र सामाजिक बिषयमा आधारित भएकाले समाजमा रहेका विकृतिलाई निमिट्यान्न पार्ने विश्वास व्यक्त गरे ।

आगामी १० बर्षभित्र बोक्सी कुप्रथाको अन्त्य गराउने यस महान अभियानमा साथ दिन सरकारी तथा गैर–सरकारी संघ संस्थालाई ऐक्यवद्धता जनाउन आग्रह गरेका छन् ।

यस चलचित्रलाई अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्ने जिम्मा सगरमाथा टेलिभिजन एव्म नेपाल दर्शन टेलिभिजन अमेरिकाका सिइओ रामचन्द्र खरेलले यस्ता चलचित्र बनेकोमा खुसि व्यक्त गर्दै भने “नेपाली समाजमा रहेका कुप्रथालाई हटाउन सबैले आ आफ्नो ठाँउबाट लाग्नु पर्छ । ”

गैर–सरकारी महासंघ नेपालका वरिष्ठ उपाध्याक्ष कृष्ण गौतम, गायिका तुलसा जिसि, श्रीभद्र पौडेल लगायतले आफ्ना कुरा राखेका थिए ।