२०७७ मंसिर १४, आईतवार

मध्यपश्चिम क्षेत्रका ९ जिल्लामा खाद्य असुरक्षा कायमै खाद्यन्नमा आत्मनिर्भर बनाउन सचेतना कार्यक्रम

dsc01088मध्यपश्चिमाञ्चल बिकास क्षेत्रका ९ वटा जिल्लामा खाद्य असुरक्षा कायमै रहेको छ । यस क्षेत्रका जाजरकोट,सल्यान,दैलेख,कालिकोट,जुम्ला,हुम्ला,मुगु,हुम्ला र डोल्पा जिल्ला खाद्य असुरक्षाको सुचिमा परेका छन ।

आथिक बर्ष २०७२÷७३ को तथ्याङक अनुसार यस क्षेत्रका सुर्खेत,दाङ,रुकुम,प्युठान,बाके र बर्दिया मात्र खाद्य सुरक्षाको पहुचमा रहेको क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतले तथ्यांकमा छ ।

मध्यपश्चिम बिकास क्षेत्रमा आवश्यकता भन्दा बढी खाद्यान आपूर्ति भने भईरहेको निर्देशनालयले जनाएको छ ।

आर्थिक बर्ष २०७२÷७३ मा ७ लाख २८ हजार १ सय १७ मेट्रिकटन खाद्यान आवश्यक परेकोमा ७ लाख ८२ हजार मेट्रिकटन आपूर्ति भएको छ ।

अहिले पनि ५४ हजार ८ सय १० मेट्रिकटन खाद्यान संचित रहेको क्षेत्रीय कृषि निर्देशन शिवनारायण चौधरीले जानकारी दिए । सुर्खेतका ९ वटा गाबिस बाहेक अरु गाबिस खाद्य सुरक्षाको पहुचमा पुगेको छन ।

नेपालमा कृषि उत्पादन योग्य जमिन धमाधन घडेरीमा परिणत हुदै गएको र खेतीयोग्य जमिन बाझो छोड्ने क्रम पनि बढेकाले खाद्य संकट थप बढेको कार्यालयको भनाई छ ।

नेपालमा खेतीयोग्य जमिन बाझै छोडेर युवाहरु विदेश पलायन भईरहेका छन ।तर नेपालमा भने हजारौ मानिसहरु भोक भोकै कष्टकर जीवन विताउँन वाध्य छन ।

नेपालको कृषि प्रणाली निर्वाह मुखी मात्र बन्दा खाद्य असुरक्षा बढेको छ ।जसवाट वालवालिकाहरु कुपोषित भएका छन ।

यसका बारेमा सचेतना र नेपालमै खाद्य सुरक्षाका हिसाबले आत्मनिर्भर बनाउन नया कार्यक्रम ल्याउनुपर्नेमा सरकारी चासो देखिन्छ ।

खाद्य क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउन विभिन्न अभियाननै सुरु गरिएको छ । यहि शन्दर्भमा ३६ औं विश्व खाद्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाईएको छ ।

प्रत्येक वर्ष अक्टोबर १६ मा खाद्य प्रविधि, गुणस्तर र खाद्यमा पहुँचका लागि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ । यस वर्षको नारा जलवायु परिवर्तन भईरहेको छ, खाद्य कृषि फेरिनै पर्छ भन्ने रहेको थियो ।

विश्वभर जलवायु परिवर्तनसँगै कृषि र खाद्य सुरक्षा चुनौतीपूर्ण बन्दै गएकोतर्फ विश्वका मुलुकहरुलाई सचेत गराउन यसवर्षको नारा जलवायु परिवर्तन सम्बन्धी राखिएको हो ।

संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको आह्वानमा यो दिवस मनाउने गरिएको हो । संगठनको स्थापना भएको दिन पारेर प्रत्येक वर्ष अक्टोबर १६मा खाद्य दिवस मनाउन थालिएको हो ।

सन् १९४५ अक्टोबर १६ मा क्यानडामा खाद्य तथा कृषि संगठनको स्थापना भएको हो । पछि सन् १९७९ मा संयुक्त राष्ट्र संघको बीसौँ साधारणसभाले संगठन स्थापना भएको दिन पारी खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेअनुरूप विश्वभरि सन् १९८१ देखि यो दिवस मनाउन थालिएको हो ।