२०७७ मंसिर १३, शनिबार

लादेमा हाईस दुर्घटना १७ घाइते

आइतवार साझ सुर्खेतमा हाईस दुर्घटना भएको छ । सुर्खेत दैलेख सडक खण्ड अन्र्तगत सुर्खेतको लादेमा भएको फोर्स हाईस दुर्घटना हुदा १७ जना घाईते भएका छन ।

दैलेखवाट सुर्खेत तर्फ आउँदै गरेको बा ३ ख ४२७६ नंम्बरको फोर्स हाईस गडी गाबिसको लादेमा दुर्घटना भएको हो ।

दुर्घटनामा ७ जना गम्भिर घाईते भएका छन भने अन्य सामान्य घाईते भएको सुर्खेत प्रहरीले जनाएको छ । घाईते मध्ये चालक सहित ९ जनाको मध्यपश्चिम क्षेत्रीय अस्पताल र ४ जनाको माया नर्सिङ होममा उपचार भईरहेको छ ।

ओरालो वाटोको घुम्तिमा ब्रेक फेल भएर गाडी सडक छेउमा पल्टिएको प्रहरीको भनाई छ । दुर्घटनामा चार जनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा गम्भीर घाईते हुनेहरुमा वीरेन्द्रनगर–७ का तुलसादेवि शाही,दैलेख गमौडी–१ का बालकुमारी शाही,उनका छोरा सुवोध शाही,वीरेन्द्रनगर–१ का लक्ष्मी सुनार छन ।

त्यस्तै सामान्य घाइते हुनेहरुमा,वीरेन्द्रनगर–७ का चन्द्रविर शाही,वीरेन्द्रनगर–९ का मधु शाही,दैलेख गमौडी–१ का उपेन्द्र शाही,कालभैरव–६ का पद्माकला सुनार,डाडापराजुल–८ का उमेश आले,डाडापराजुल गाविसका वडा नम्बर ८ र ३ बस्ने क्रमश भूमिका थापा र कृष्णप्रसाद न्यौपाने,बराह–३ का गोविन्द बोहरा ,मालिका–५ का टिका शाही,अवलपराजुल–२ का रामबहादुर सापकोटा,बाँके कम्दी गाविस–९ का सन्ध्या बोहोरा,उनका छोरी दिप्छीका बोहोर,बाँके कम्दी गाविस–९ बुद्धिराम बोहोरा छन ।