२०७७ माघ ५, सोमबार

सकीएको दशैबारे

सबै पर्वका आ आफ्नै आयामहरु छन । हिन्दुहरुको महानपर्व दशै आयो र यसपटकलाई सकिएर गयो । करिब हप्ता दिनसम्म बडो धुमधामका साथ मनाइने दशै पर्वमा धेरैले आ आफ्नै ढंगले मनाए ।

यस्को धार्मीक मान्यता एक ठाउमा छ । यस्का आ आफ्नै व्याख्या छन । धार्मीक मान्यता अनुसार दशै भनाउने मुलत मुख्य प्रवृति हो । परम्परागत मान्यता किंबदन्ती वा कथामा दशैलाई धार्मीक मान्यता संग जोडीन्छ ।

पौराणीकतामा दशैमा रमाउनेहरु पनि धेरै नै छन । दशैको सास्कृतिक मान्यता पनि महान छ । सास्कृतिक मान्यताले आम हिन्दु धर्मावलम्बीहरुको परम्परागत मान्यतालाई प्रतिनिधिीत्व गर्छ र सास्कृतिक पर्वहरुको महत्व पनि बढाउछ ।

यि सस्कृति सबैका साझा हुन र यस्ता सस्कृतिलाई बचाइरहनुपर्छ भन्ने मान्यता पनि स्थापित गर्छ ।

यस्ले कतिपय शन्दर्भमा आर्थीक तडकभडकमा रमाउने या अरुलाई देखाउने प्रचलनको विकाश भएको छ । र गरिबहरुका लागि दशाका रुपमा पनि आउने गर्छ ।

यस्ले समाजमा गलत मान्यताहरु स्थापित हुने हुन कि भन्ने चिन्ता छ ।
दशैलाई एकाथरीहरु शुन्यवदीहरु सामाजिक मान्यताका साथ पनि मनाउने गरेका छन । दशै मुलत सस्कृति पछि सामाजिक एकता वा सद्भावका लागि मनाईन्छ ।

मनाईनुपर्छ । दशै समाज हो दशै एकता र समाजमा बसेका सबैका लागि प्रेम साटासाट गर्ने पर्व हो । दशै आफन्तहरुका विचमा आपसमा मित्रता र स्नेह साटासाट गर्ने पर्व हो ।

जब दशैलाई सामाजिक पर्वका रुपमा लिईन्छ तव दशैमा आफन्तहरुका विचमा मित्रता हुन्छ । लामो समयपछि भेटघाट हुन्छ र व्यस्तताका विचबाट पनि मान्यजनहरुबाट आर्शिवाद लिन खुरु खुरु मान्यजन हुने ठाउ पुग्छ ।

त्यो नै दशैको सामाजिक पाटोको महत्व हो । दशैलाई धर्म या अन्य पौराणीकताका कथाहरु हालेर मनाउनुभन्दा प्रत्येक दशै मान्य नागरिकले सामाजिक मान्यतामा उत्साहपुर्ण ढंगले माने भने न त्यहा आर्थीक तडक भडक जोडीन्छ ।

या छुइछीटो गर्ने कथीत गलत मान्यता जोडिन्छ । यस्लाई सामाजिक सद्भावको पर्व बनाउन र सामाजिक पर्वका रुपमा मान्यता दिने हो भने सधै दशै उत्सव हुन्छ ।

यसपटक जसरी उमगका साथ दशै विदा भो भोलि नी त्यसै गरि उमंग ल्याएर आउछ नकि पहुच नहुनेहरुका लागि दशा बन्दैन ।