२०७७ कार्तिक ११, मंगलवार

ऐश्वर्या रायको बडीगार्ड अब दोब्बर!

aishwarya-rai-with-security-239998१२ साउन, एजेन्सी।

बलिउड नायिका ऐश्वर्या राय बच्चनले आफ्नो सुरक्षागार्डको संङ्ख्या दोब्बर गर्ने भएकी छिन्। अघिल्लो हप्ता एयरपोर्टमा फोटोग्राफरबिच भएको धक्का-मुक्का कारण ऐश्वर्याकी आमा वृन्दा राय घाइेते भइन। छोरी आराध्यालाई पनि चोट लागेछ। यो घटना पछि ऐश्वर्याले आफ्नो सेक्युरिटी गार्ड बढाउने फैसला गरेकी हुन।
ऐश्वर्या आफ्ना ४ बडिगार्डसंग हिड्थिन। अब उनलाई ८ जनाले सुरक्षा दिनेछन्। प्रमोशनको बेला अलग अलग सहरमा पुग्दा ऐश्वर्यासंग २० जना बडीगार्डसम्म हुने गर्थे।

ऐश्वर्याका पति अभिशेष पनि यस विषयमा चिन्तित छन्। उनी भन्छन्, ‘हाम्रो कुनै निजी जिन्दगी नै बचेको छैन। जता जाँदा पनि पत्रकार पहिल्यै पुगिसकेका हुन्छन्।’ आफु कतै जाँदा पहिले मिडियालाई खबर गरेर हिड्थिन ऐश्वर्या। यो घटना पछि भने ऐश्वर्याको यो शैली परिवर्तन हुने संकेत देखिएको छ।