२०७७ मंसिर १४, आईतवार

सुरु हुँदै सुर्खेतमा महोत्सवको मौसम, अन्तराष्ट्रियदेखि धार्मिक महोत्सव हुँदै

१. धर्मको प्रचार गर्ने उद्देश्य , २. ब्यापार प्रबद्र्धन गर्ने उद्देश्य, ३. नाफा कमाउने उद्देश्य

nnसुर्खेत- सामान्यतया हिउँदको मौसम मेला महोत्सवको मौसम हो । यो समयमा विभिन्न प्रायोजनले मेला, महोत्सवहरु गर्ने गरिन्छ । पछिल्ला वर्षहरुमा सुर्खेतमा पनि हिउँदको समयमा एकै वर्ष थुप्रै प्रकारका मेला, महोत्सवहरु हुन थालेका छन् ।

तर ती महोत्सवका उद्देश्यहरु भने फरकफरक हुने गरेका छन् । यो वर्ष पनि सुर्खेतमा दिउँद लाग्नै लाग्दा विभिन्न उद्देश यबोकेका मेला, महोत्सव संचालन हुने भएका छन् ।

मेला महोत्सवको मौसमका रुपमा चिनिएको दिउँदको महिना नजिकिएसंगै सु्र्खेतमा विभिन्न महोत्सव सञ्चालनको चर्चा सुरु भएको छ ।

विभिन्न संस्थाहरुले औपचारिक र अनौपचारिक रुपमा महोतसव सञ्चालन गर्ने बारेमा जानकारी गराएका छन् ।
यो वर्ष सुर्खेतमा अन्तराष्ट्रिय ब्यापार महोत्सव, क्षेत्रीय स्तरको पर्यटन तथा साँस्कृतिक महोत्सव र विभिन्न धार्मिक महोत्सव सञ्चालन हुने भएका छन् ।

यस अघिदेखि नै उद्योग, व्यापार प्रबद्र्धनका लागि भन्दै ब्यापार मेला आयोजना गर्दै आएको सुर्खेत उद्योग वाणिज्य संघले यो वर्ष अन्तराष्ट्रिय स्तरको ब्यापार मेला गर्ने घोषणा गरिसकेको छ ।

सुर्खेत लगानी वर्ष २०७३ घोषणा गरेको उद्योग वािणज्य संघले यहाँको ब्यापार प्रदद्र्धन गर्न अन्तराष्ट्रिय स्तरका ब्यापार, व्यवसायको स्टल राखेर अन्तराष्ट्रि उद्योग व्यापार महोत्सव सञ्चालन गर्ने जनाएको छ । यो महोत्सव सुर्खेतमा लगानी वर्षलाई सफल बनाउन लगानी भित्र्याउनका लागि सञ्चालन गर्न लागिएको सुर्खेत उद्योग वािणज्य संघले जनाएको छ ।

यस्तै हरेक वर्ष सुर्खेतमा पर्यटनलाई जोडेर खेलकुल, शिक्षा, साँस्कृतिक महोत्सव सञ्चालन गर्दै आएको पर्यटन विकास मञ्च सुर्खेतले पनि यो वर्ष पनि महोत्सवको आयोजना गर्ने घोषणा गरिसकेको छ । यो महोत्सवको पाँचौ संस्करण आगामी मंसिर महिनामा सञ्चालन हुने आयोजक संस्था पर्यटन विकास मञ्च सुर्खेतका अध्यक्ष चिन्तामणि शर्माले जानकारी दिए ।

उनले यो वर्ष पनि महोत्वसलाई भव्य बनाउने भन्दै उपयुक्त मितिका लागि सुझाव संकलन गर्ने र तयारीको काम पनि सुरु हुन लागेको जानकारी दिए । यस्तै यो वर्ष सुर्खेतमा विभिन्न धार्मिक महोत्सवहरु पनि आयोजना हने भएका छन् । विभिन्न उद्देश्य राखेर यस्ता धार्मिक महोत्सवको आयोजना हुन लागेको हो ।

सर्खेतको खेल क्षेत्रको विकास गर्न भन्दै कभड हल निर्माणका लागि मध्यपश्चिम धार्मिक महोत्सव २०७३ को आयोजना हुँदैछ । यो महोत्वस यही कात्तिक २७ गतेदेखि सञ्चालन हुँदैछ । यस्तै यही कात्तिक ७ गतेदेखि १४ गतेसम्म सुर्खेतमै श्रीमद् भागवत राष्ट्रिय धर्म जागरण विराट सप्ताहा ज्ञान महायज्ञ २०७३’ पनि आयोजना हुँदैछ ।

यो विशेष त हिन्दू धर्मको प्रचारप्रसारको लागि वैदिक सनातन हिन्दू राष्ट्र महाअभियान नेपालले सञ्चालन गर्न लागेको बुझिएको छ । यस्तै क्रिष्चियन धर्मको प्रचारका लागि पनि चंगाई महोत्सव सञ्चालन हुँदैछ । सुर्खेतमा हरेक वर्ष हुने यस्ता महोत्सवहरुमा ठुलो मात्रामा कारोवार हुने गरेता पनि आम्दानी केसमा खर्च भयो भन्ने विषयले विवादित ह ुने गरेको छ ।

आयोजकले हरेक वर्ष महोत्सवबाट आम्दानी भएको रकमले विभिन्न काम गर्ने घोषणा गरेतापनि काम नदेखिएपछि गुनाशो समेत आउने गरेको छ । यस वर्ष पनि यस्ता विभिन्न प्रकारका महोत्सव हुने निश्चित भएका छन् । आम नागरिकहरुले यो वर्षका महोत्सव पारदर्शी हुनुपर्नेमा जोड समेत दिएका छन् ।

तस्बीर :२०७० सालमा सुर्खेत उद्योग वाणिज्य संघले आयोजना गरेको ब्यापार मेलाको गेट ।