२०७७ मंसिर १७, बुधबार

भोटे जनजाति सेवा समितिको साधारणसभा

14606262_1801433416805342_3497015451846614523_nसुर्खेत –  नेपाल भोटे जनजाति सेवा समिति शाखा कार्यालय सुर्खेतको दोस्रो वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।

साधारणसभा लाटिकोइली बौद्ध गुम्बामा समितिका अध्यक्ष वीरबहादुर रावत भोटेको सभापतित्वमा सम्पन्न भएकोहो ।

साधारणसभामा प्रगतिविवरण उपाध्यक्ष रामबहादुर बुढाले प्रस्तुत गरेका थिए भने नेपाल आदिवासी जनजाति महासंघ समनवय समितिका अध्यक्ष पंचसिंह रोकायको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संस्थापक उपाध्यक्ष रामबहादुर भोटे, बौद्ध गुम्बा निर्माण तथा संरक्षण समितिका पदाधिकारीहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा खाम्पा समाजका अध्यक्ष कृष्णबहादुर रोकाय, गुम्वा निर्माण तथा संरक्षण समितिका अध्यक्ष नर्वु गुरुङ, बौद्ध युवा क्लवका सदस्य चेतन सिं ठकुरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण समितिका सचिव राजेन्द्र बुढाले गरेका थिए ।