२०७७ मंसिर ९, मंगलवार

छिट्टै गरिवलाई परिचयपत्र ः मन्त्री थानी

14141799_510713662469891_7147868997816807598_nसुुर्खेत कार्तिक ३ । सहकारी तथा गरिवि निबारण मन्त्री हृदयराम थानीले केहि महिनामै नेपालका गरिबहरुलाइ गरिब परिचय वितरण हुने बताएका छन ।

आफु परिचय पत्र वितरणका लागि विभिन्न नितिगत र अन्य तयारीमा लागिरहेको भन्दै केहि महिनामै गरिव परिचय पत्र वितरण हुने बताए ।

सुर्खेत उद्योग वाणीज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा थानीले जिल्लाको गरिव परिचयपत्र संगै राज्यका तर्फबाट पहिचान गरिएका गरिबहरुका लागि केहि राहात दिने तयारी भैरहेको समेत बताए ।

आफुले अर्थमन्त्रालय देखी प्रधानमन्त्री समक्ष समेत कार्यक्रम र बजेटको माग गरेको थानीको भनाई छ ।

गरिबसंग सरकार कार्यक्रमलाई सार्थकता दिनका लागि पनि यो काम दु्रत गतिमा अगाडि बढिरहेको थानीको जिकीर छ । फरक प्रसंगमा थानीले अव केहि समयमै नया सहकारी एैन ल्याउने तयारी भैरहेको बताए ।

उनले पुरानो ऐनले काम चलीरहेको अहिलेको अवस्थामा सहकारीको विकाशले नया र परिमार्जीत एैन मागिरहेको भन्दै आफुले सहकारी क्षेत्रको सुधारका लागि नितिगत परिवर्तन गर्न चाहेको बताए ।

थानीले अहिले विभिन्न मन्त्रालयमार्फत भैरहेका गरिवि निबारणका सरकारी प्रयास तथा विभिन्न गतिविधिहरुलाई समेत आफ्नो मन्त्रालयमार्फत काम गर्न प्रधानमन्त्रीसंग आग्रह गरेको जानकारी दिए ।

थानिले स्थानिय स्तरको विकाशमा आफु चिन्तीत भएको समते जनाए । मन्त्री थानीले जिल्लाका विभिन्न कार्यक्रममा सम्बोधन गरिरहेका छन ।