२०७७ माघ ४, आईतवार

भेरी बवईको काम समयमै सक – ‘सम्पादकीय’

cropped-cropped-logos-1देशले परिक्षण गरेको देशकै पहिलो आयोजना हो भेरी ववई डाईभर्सन । ३ वटा उदेश्य राखेर देशकै लगानिमा निर्माण गर्न लागिएको यो आयोजनाको काम अहिले तिब्र रुपमा अगाडि बढिरहेको छ ।

५ वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम सुरु भएको यो परियाजनाको अहिले सुरुङ निर्माणका लागि आधार तयार पार्ने काम सुरु भइरहेको छ ।

सुर्खेतको चिप्लेमा पर्ने भेरी नदिको पानी बबई नदिमा मिसाउनका लागि १२ किलोमिटर लामो सुरुङ निर्माण गर्नुपर्ने भएकोले त्यसका तयारी तीव्र रुपमा भइरहेको छ ।नेपालकै पहिलो अन्तरजलाधार बहुउद्देश्यीय परियोजना भएको र नयाँ प्रविधिबाट सुरुङ निर्माण गर्नुपर्ने भएकोले अहिले सुरुङ निर्माण गर्ने मेसिनको पनि निर्माण कार्य भइरहेको छ ।

सुरुङका लागि मेसिनको निर्माण कार्य अमेरिकामा भइरहेको छ । यही आर्थिक वर्षको अन्तिमसम्ममा मेसिन निर्माण भईसक्नेछ । मेसिन जडान कै लागि करिब तीन महिलाको समय खर्च हुने आयोजनाको भनाइ छ ।मेसिनले काम सुरु गर्न थालेपछि तीन वर्षमा सुरुङको काम सम्पन्न हुनेछ । मेसिनले काम सुरु गर्न भन्दा पहिलो आधार तयार गरी दुई देखि तीन सय मिटरसम्मको सुरुङ पहिले नै निर्माण गरिने छ ।

राज्यले ठुलो महत्वकाक्षा बोकेको यो आयोजना सम्पन्न भैसकेपछि अन्य आयोजनाहरु पनि सुरु गर्न बाटो खुल्ने छ । पर्यटकीय क्षेत्र बन्ने ड्यामसाईट,सिचाइ र विधुत उत्पादन हुने आयोजना नेपालको सुरुग बाट बन्ने पहिलो आयोजना भएकाले पनि यस्लाई विशेष महत्वका साथ लिइएको छ ।

सरकार आफै कस्सीएको यो आयोजना अन्य सरकारी काम जस्तै अलपत्र नपरोस । पुजिको लगानि र राज्यको उदेश्य अनुसार निर्धारित समयमै यो आयोजना सम्पन्न हुन सक्यो भने यस्ले नेपालका अन्य सामरिक महत्वका आयोजना सुरु गर्न सहयोग गर्ने छ । अन्य आयोजनालाई भन्दा प्राथामिकता दिएर यो आयोजना अगाडि बढोस ।