२०७७ कार्तिक ९, आईतवार

सरकार गठन : भन्ने सहमतिय अभ्यास बहुमतिय

sarbadaliya-300x176काठमाडौं १४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरे अनुसार सहमतिको सरकार गठन नहुने भएको छ । राष्ट्रपति दिएको समयसीमा भित्र सहमतिको सरकार गठनको सम्भावना देखिएको छैन । सहमतीय सरकार गठनको लागि राष्ट्रपतिले आह्वान गर्नुभएको सातदिने समय पर्सी सकिंदैछ । तर, सहमतिय सरकारका लागि एकपटक पनि छलफल भएको छैन ।

भावी गठबन्धनका प्रमुख दुईदल कांग्रेस र माओवादी बहुमतीय आधारमा प्रधानमन्त्री निर्वाचनका लागि सत्ता गठबन्धनबाट सम्भावित उम्मेदवारको खोजीकार्य सुरु भएको छ । विपक्षी गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निश्चित प्रायः भएको अवस्थामा सत्तागठबन्धनले आफ्नो सम्भावित प्रधानमन्त्री उम्मेदवारको खोजी सुरु गरेको हो ।

एमाले नेतृत्वको गठबन्धनबाट पनि प्रधानमन्त्रीका लागि उम्मेदवार दिने तयारी छ । साउन १६ गते सहमतीय आधारमा प्रधानमन्त्री चयनको कोर्स सकिने भएपछि त्यसैदिन साँझसम्म राष्ट्रपति भण्डारीले बहुमतीय आधारमा प्रधानमन्त्री निर्वाचनको अर्को आह्वान गर्नुहुनेछ ।