२०७७ कार्तिक ११, मंगलवार

आज ऐतिहासिक भोटो जात्रा देखाईंदै

काठमाडौं १४ साउन ।
vote-jatraवर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको ऐतिहासिक भोटो जात्रा आज देखाईंदै छ । रातो मच्छिन्द्रनाथको जिम्मा रहेको भनिएको ऐतिहासिक भोटो ललितपुरको जावलाखेलमा देखाइने चलन छ । बहुमूल्य मणिमणिक्य आदि जडित उक्त भोटो वास्तविक हकदावी गर्न नआएसम्म मच्छिन्द्रनाथको जिम्मामा रहने भन्ने लोक कथन छ ।

मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने परम्परा छ । भोटो अवलोकनका लागि राष्ट्रपति, उपराष्ट्रपति समेत उपस्थित हुने कार्यक्रम रहेको छ । यसैबीच सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले विज्ञप्ति जारी गरी मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका दिन आज सार्वजनिक बिदा दिएको जनाएको हो ।