२०७७ मंसिर १७, बुधबार

धर्म प्रचारमा हिन्दू र क्रिष्चियनको टकराब

तस्बीर ः यहाँको वीरेन्द्रनगरमा आयोजना गरिएको ‘चंगाई’ महोत्सव ।
तस्बीर ः यहाँको वीरेन्द्रनगरमा आयोजना गरिएको ‘चंगाई’ महोत्सव ।

सुर्खेत, कार्तिक ४ ।
सुर्खेतमा पछिल्लोे समय धर्म प्रचारमा टकराब देखिएको छ । विभिन्न धार्मिक समूह तथा संस्थाहरुले आफ्नो धर्म प्रचारलाई आक्रामक बनाएका छन् ।

धर्म प्रचारका लागि विभिन्न समूह, संगठन र संस्था नै निर्माण गरिएको छ । इसाई धर्मालम्बीहरुले गाउँघरमा चर्च निर्माण गरेर धर्मको प्रचार गरिरहेको अवस्थामा अहिले हिन्दू धर्मालम्बीहरु पनि हिन्दू धर्मको संरक्षणको नाममा प्रचारमा उत्रिएका छन् ।

मुख्यतय अहिले सुर्खेतमा पनि धर्म प्रचारमा हिन्दू र क्रिष्चियनबीच टकराम देखिएको छ । नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएपछि खास गरी यस्ता दृश्यहरु बढी देखिएका छन् ।

नेपालमा केही वर्ष यता क्रिष्चियन धर्मालम्बीहरुको संख्या ह्वात्तै बढेसंगै अहिले हिन्दू धर्मालम्बीहरुले पनि विभिन्न समूह र संगठनहरु निर्माण गरी धर्म प्रचार गरिरहेका छन् ।

पछिल्लोे समय धर्मपरिवर्तन गराउने गरेको आरोप प्रत्यारोपसहित क्रिष्चियन र हिन्दूबीच टकराब देखिएको छ । नेपालको संविधानले धर्मका विषयमा नागरिकलाई स्वतन्त्रता दिएपनि आक्रामक रुपमा धर्मको प्रचार गरिनुले मिलेर स्थापित समाजमा समेट टकराब आउने विश्लेषण हुने गरेको छ ।

यो वर्ष मात्रै सुर्खेतमा आफ्नो धर्म प्रचारका लागि क्रिष्चियन र हिन्दू धर्मका संगठनहरुले छुट्टाछ्ट्टै धार्मिक महोत्सवको आयोजना गरिरहेका छन् ।

सुर्र्खेतमा अहिले क्रिष्चियन धर्मालम्बीहरुले आफ्नो धर्म प्रचार कै लागि ‘चंगाई’ महोत्सवको आयोजना गरेका छन् । उनीहरुले महोत्सवका माध्यमबाट नागरिकहरुलाई मोटिभेशन गर्ने गरेका छन् ।

क्रिष्चियन धर्मका अनुयायीहरु तथा पाष्टरहरुले हमोत्सवमा विभिन्न तरिकारले नागरिकहरुलाई प्रभाव पार्ने गरेका छन् । सुर्खेतमा ‘चंगाई’ महोत्सवको यसअघि पनि आयोजना गरिएको थियो ।

यस्तै हिन्दू धर्मसंग सम्बन्धित विभिन्न महायज्ञहरु पनि पहिलेको भन्दा अहिले धेरैै हुन थालेका छन् । सुर्खेतमा यही कात्तिक ७ गते देखि १४ गतेसम्म सनातन हिन्दू राष्ट नेपाल घोषणा नागरिक संघर्ष समितिले भश्रमतभागवत राष्ट्रिय धर्म–जागरण विराट सप्ताह ज्ञान महायज्ञको आयोजना गर्दै छ । यसको मुख्य उद्देश्य हिन्दू धर्मको प्रचारप्रसार गर्नु नै हो ।

सनतान हिन्दू धर्मको संरक्षण गर्नका लागि यो महायज्ञको आयोजना गरिएको महायत्र सञ्चालक समितिका महासचिव प्रेमप्रकाश खड्काले बताए ।

यस्ता महायज्ञ तथा महोत्सव बाहेक अन्य विभिन्न तरिकाले पनि धर्मको आक्रामक रुपमा प्रचार गर्न थालिएको छ । हिन्दू धर्मका अनुयायीहरुले विभिन्न संवगठन पनि निर्माण गरिरहेका छन् भने क्रिष्चियन धर्मका अनुयायीहरुले चर्चको बिस्तार गर्ने गरेका छन् । तर यस्ता क्रियाकलापले समाजमा समस्या आउने नागरिकहरुको भनाई छ ।

नेपाल धर्म निरपेक्षराष्ट्र भएकोले जसले जे धर्म मानेपनि कसैलाई आपत्ति नभएतापनि धर्म प्रचारकै लागि महोत्सवको आयोजना गर्नु राम्रो नभएको सालकोट पलैटेको सूर्यप्रकाश उमाविका शिक्षिका अमृता बुढाथोकिको भनाई छ ।

यसरी महोत्सव गर्दै जाने हो भने सबैले त्यही सिको गर्ने र भोली समाजमा फाटो आउनुका साथै टकरावको स्थिति सिर्जना हुने उनको बुझाई छ ।

यस्तो कार्यले भिन्दाभिन्दै धर्म मान्नेहरुबीच नै कलह र विखण्डनको अवस्था आउने शिक्षिक बुढाथोकीले बताइन । ‘‘धर्म प्रचार कै लागि यसरी महोत्सव गर्न राम्रो होइन,’ उनले भनिन्–‘भोली यसले समाजमा विभिन्दा भिन्दै धर्म मान्नेहरुबीच कलह र विखण्डनको अवस्था आउन सक्छ ।’’

यस्तै विद्यार्थी नेता तारा प्रसाद पौडेलले पनि धार्मिक कार्यक्रम गर्ने सबैलाई छुट भएपनि छुट छ भन्दैमा धर्मका नाममा टकराब सिर्जना हुने गरी यस्ता कार्यक्रम गर्न् राम्रो नभएको बताए ।

उनले समाज विखण्डन हुने र धार्मिक द्वन्द सिर्जना हुने गरी कार्यक्रम गर्न नहुने भन्दै यस्तो संवेदनसिल विषयमा ध्यान दिनुपर्ने बताए ।

खास गरी क्रिष्चियन धर्मप्रति नागरिक प्रभावित भएपछि हिन्दू धर्मालम्बीहरुले आफ्ना क्रियाकलापलाई सांगठनिक रुपमा अहिले तीव्र पारेको देखिएको छ । क्रिष्चियनले पनि आफ्ना क्रियाकलापहरुलाई निरन्तरता दिइरहेका छन् ।