२०७७ मंसिर ८, सोमबार

धनकुटाको सर्वपक्षीय टोलीद्वारा प्रधानमन्त्रीसँग भेट

_dsc9848कार्तिक ५, काठमाडौं । धनकुटाबाट आएको सर्वदलीय एवं सर्वपक्षीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी जिल्लाको विकास निर्माणबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा धनकुटाको प्रतिनिधि मण्डलले जिल्लाभित्र बिमानस्थल निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

साथै टोलीले जिल्लाका विविध समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराएको थियो ।

भेटमा प्रधानमन्त्रीले धनकुटामा बिमानस्थल बन्दा पूर्वाञ्चलकै लागि सुखद् सन्देश हुने भन्दै त्यसका लागि सरकारले आवश्यक पहल गर्ने जानकारी दिनुभयो ।