२०७७ मंसिर १०, बुधबार

भारतीय बालगहृबाट तीन जना बालकको उद्दार

childसुर्खेत, कात्तिक ६ ।
भारतको विहार राज्यको मुजफ्फरपुरबाट तीन जना बालकलाई उद्धार गरिएको छ । त्यहाँको सिकन्धरपूर गाउँमा रहेको निर्देश बालगृहबाट दैलेख घर भएका ती बालकहरुको उद्धार गरेर घर ल्याइएको छ ।

घरबाट भागेर भारतको बैंग्लोरमा काम गर्न गएका दैलेखेको दुल्लु नगरपालिका–९ का १५ वर्षीय टीकाराम पुरी, वडा नं. ८ का १४ वर्षीय सुन्दर वन र १५ वर्षीय सुरज गिरीलाई उद्दार गरेर घर पु¥याएको हो ।

जिल्ला बालकल्याण समिति, दैलेखको समन्वयमा दैलेख मै रहेको गैरसरकारी संस्था सामाजिक सेवा केन्द्र (सोसेक) ले उनीहरुको उद्दार गरेको हो ।

भागेर त्यहाँको होटेलमा काम गर्न थालेका उनीहरुलाई त्यहाँ बालबालिकाले होटलमा काम गर्न नपाउने भएकाले भारतीय प्रहरीले तीन महिना अघि नियन्त्रणमा लिएर बालगृहमा राखेको थियो । उनीहरुलाई प्रहरीले होटेलबाट लिएर बालगृहमा राखेको जानकारी आएपछि उद्दारका लागि पहल थालिएको थियो ।

धनगढीका एक बालकका परिवारले दिएको सूचनाका आधारमा अभिभावकसहित नेपाल बाल संरक्षण सञ्जालका प्रदेश–६ का संयोजक तथा सोसेकका संस्थापक हीरासिंह थापाको टोली बिहार पुगेको थियो । त्यहाँबाट उनीहरुलाई गत बुधबार नेपाल ल्याइपु¥याएको संयोजक थापाले जानकारी दिए ।

तीनै जना बालक पढाइ छाडेर भारत गएका हुन । तीन जना मध्ये सुरजले ८ कक्षामा र अन्य दुई जनाले ७ कक्षामा गाउँ कै विद्यालयमा पढ्ने गरेको बताएका छन् ।

उनीहरु मध्ये सुन्दर ५ महिना अघि, टिकाराम र सुरज एक वर्ष अघि नै भागेर बैंग्लोर पुगेका थिए ।

आफूहरुले तीन जना बालकहरु त्यहाँको बालगृहमा भएको जानकारी पाएपछि यहाँबाट अभिभावकको परिचयसहित त्यहाँ पुगेर उद्दार गरेको थापाले बताए । उनीहरुलाई शुक्रबार नै दैलेख पठाइएको छ ।

उक्त बालगृहमा थुपै्र नेपाली बालबालिकाले कष्टकर जीवन बिताइरहेको थापले बताए । मुजफ्फरपुर जिल्लाको सिकन्धरपूर गाउँमा रहेको निर्देश बालगृहमा नेपालका ३२ बालबालिका रहेको उनको भनाई छ ।

‘‘त्यहाँको बालगृहमा यस्ता बालबालिकाहरु धेरैले कष्टकर जीवन विताईरहेका छन्,’ उनले भने–‘अहिले त्यहाँ ३२ जना बालबालिकाहरु रहेका छन् ।’

’ थापाले ती बालकालिकाहरुको विवरण माग गरिएको र उनीहरुको उद्दारका लागि पहल गर्ने बताए ।

उनले आफूले बुझे अनुसार बालगृहमा हिरासतको जस्तो व्यवहार गर्ने गरिएको बताए । त्यहाँ रहेका बालबालिकाको अवस्था दयालाग्दो भएको भन्दै थापाले ती बालबालिकाहरुको उद्दारका लागि सबैले पहल गर्नुपर्नेबताए ।

यस क्षेत्रका बालबालिकाहरु आफूभन्दा अगाडिका आफन्तहरु भारत गएको देखेर लहलहैमा लागेर भागेर भारत जाने र दुःख पाउने गरेका छन् ।