२०७७ माघ ७, बुधबार

महोत्सवहरु पारदर्शी बनाऊ – ‘सम्पादकीय’

मौसम मेलापर्वको आएको छ । मेलापर्व परम्परागत रुपमा चलिआएका हुन्छन् कतिपय भने कतिपय मेला पर्व प्रायोजित मेलापर्व लगाउने पनि गरिन्छ ।

चिसो मौसमसंगै आउने यस्ता पर्वहरुका अगाडि पछाडि आउने मेला महोत्सवको आफ्नै महत्व विशेषता हुन्छ । आफ्नै सन्दर्भ र आफ्नै उद्देश्य हुन्छ । धार्मिक रहेछ भने निश्चित धर्म प्रचारका लागि होला । कुनै साँस्कृतिक रहेछ भने त्यसले संस्कृतिको जगेर्नाका लागि भुमिका खेल्ला त्यस्तै औद्योेगिक व्यापारिक रहेछ भने त्यसले व्यापार व्यवसायका साथै व्यवसायिक प्रचारका लागि पनि काम गर्छ ।

सामान्यतया हिउँदको मौसम हुने यस्ता मेला महोत्सवको मौसम हो सुर्खेतका लागि पनि । पछिल्ला वर्षहरुमा सुर्खेतमा पनि हिउँदको समयमा एकै वर्ष थुप्रै प्रकारका मेला, महोत्सवहरु हुन थालेका छन् । तर ति महोत्सवका उद्देश्यहरु भने फरकफरक हुने गरेका छन् । यो वर्ष सुर्खेतमा अन्तराष्ट्रिय व्यापार महोत्सव, क्षेत्रीय स्तरको पर्यटन तथा साँस्कृतिक महोत्सव र विभिन्न धार्मिक महोत्सव सञ्चालन हुने भएका छन् ।

यि मेला महोत्सव हुनु सुर्खेतका लागि आफैमा गौरवको कुरा हो खुसीको कुरा पनि हो । तर यसको जे उदेश्य हुन्छ त्यो उदेश्यप्रति लक्षीत हुने यार त्यसका लागि लाग्ने काम भने खासै भएको देखिदैन । त्यसको सट्टामा खाली बिजनेश गर्ने अभिप्रायले यस्ता मेला महोत्वसव हुने गरेको देखिन्छ । तर बिजनेशै भएपनि त्यसको हिसाब किताब वा आय व्ययमा कुनै प्रकारको पारदर्शिता देखिदैन ।

यो भन्दा अगाडि भएका दर्जनौ मेला महोत्सवहरु कहि न कहि आर्थिकका बारेमा विवादीत भएर गए । ति महोत्वसमा उठेका विषयमा छानविनसमेत गरिएन । अब हुन लागेका महोत्सवहरु जे उद्देश्यप्रति लक्षित हुन सोह िउद्देश्यमा लागुन । र आर्थिक क्रियाकलापमा परदर्शाी होउन । सम्बन्धित आयोजक र नियमन गर्ने निकाय यसमा सचेत होस् ।