२०७७ कार्तिक ९, आईतवार

सरकारी विद्यालयले सरकारको मुख मात्रै ताक्ने होइन, समुदाय स्तरमै केही गर्ने हो ः दहाल

gggगेहेन्द्र दहाल सुर्खेतको शिक्षा क्षेत्रमा कर्म गरेको अग्रणी नाम हो । २०४६ सालबाट शिक्षा क्षेत्रमा हात हालेका दहाल २०६५ सालबाट श्रीकृष्ण संस्कृत तथा साधारण उच्च माध्यमिक विद्यालय ईत्राम, सुर्खेतमा प्राचार्य रहेका छन् ।

नेपाली विषयमा एम।ए÷एम।एड सम्मको अध्ययन गरेका दहाल नेपाल जेसिज वर्ष २००५ का राष्ट्रिय अध्यक्ष भएर विश्वभरकै उत्कृष्ट अध्यक्ष भई नेपाललाई विश्वसामु चिनाउन सफल भएका थिए ।
अहिले सरकारी शिक्षा क्षेत्र डामाडोलजस्तै भईरहेका बेला उनले आफ्नै व्यवस्थापनमा विद्यालयमा ठूलै धनराशीको अक्षयकोष स्थापना गरेका छन् । डाइनामिक क्षमता, व्यवस्थापकीय कौशल र बौद्धिक व्यक्तित्वका कारण उनी शिक्षा क्षेत्रमा पनि केही गर्न उत्प्रेरित भईरहेका छन् ।

चाहना भयो भने सानै सम्भावनालाई पनि ठूलो अवसरका रूपमा ग्रहण गर्न सकिने बताउने उनै दहालस“ग समग्र सामुदायिक विद्यालयको अवस्था र सरकारी विद्यालयलाई सुधार गर्न के गर्नुपर्छ लगायतका विषयमा हाम्रो नया“ नेपाल दैनिकका लागि यज्ञ खत्रीले गरेको सम्वादको सम्पादीत अंश हामीले यहा“ प्रस्तुत गरेका छौ“ ।


  • श्री कृष्ण संस्कृत तथा साधारण उच्चमाध्यमिक विद्यालय, ईत्राम, सुर्खेतको सरकारी विद्यालयको हकमा एउटा नमूना विद्यालय हो । तपाई सो विद्यालयको प्राचार्य हुनुहुन्छ, के छ हालको विद्यालयको अवस्था  ?

एकदम ठीक छ । हामीले हाम्रा प्रयासहरूलाई कुनै पनि हालतमा कमी गरेका छैनौ । विद्यालय परिवार, शिक्षक, कर्मचारी, विद्यार्थी भाईबहिनी, अभिभावकको समन्वयबाट हाम्रा अभावहरू के छन्, ति अभावहरूलाई पहिचान गरेर पूरा गर्ने सन्दर्भमा हामी सबै दत्तचित्त भएर लागेको अवस्था छ ।

  • विद्यालयको राम्रो वातावरण बनाउन आर्थिक पक्ष महत्वपूर्ण हो कि आन्तरिक व्यवस्थापन ?

…… सबैभन्दा महत्वपूर्ण कुरा त वातावरण हो । विद्यालयको वातावरण निर्माण गर्ने हाम्रो अभियान पनि छ । विद्यालयको स्वच्छ शैक्षिक वातावरण निर्माण गर्ने अभिभारा विद्यालयको हो । आन्तरिक व्यवस्थापनबाटै नै आर्थिक सफलताको कुरा आउँछ ।

जब व्यवस्थापन अस्तव्यस्त छ भने त्यो विद्यालयको आर्थिक सफलता पनि हँुदैन, भौतिक पक्ष पनि सफल हँुदैन र शैक्षिक सफलता पनि हँुदैन । शैक्षिक सफलताको लागि भौतिक र आर्थिक सफलताको मिलन हुन सक्छ । यी सबैको सफलता नै विद्यालयको सफलता हो । यसरी शैक्षिक वातावरण मिल्यो भने सरकारी विद्यालयमा लागेका आरोप र प्रत्यारोपलाई मेट्न सकिन्छ ।

  •  विद्यालयमा राम्रो वातावरण बनाउन के–के गर्नुपर्छ ?……सर्वप्रथम त सबैले आ–आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । कसैले कसैको कमजोरीलाई औँल्याएर समस्याको समाधान हुँदैन । त्यो कमजोरीलाई औँल्याई सकेपछि त्यो कमजोरीको महसुस गर्न जरूरी छ ।

त्यो विद्यालयमा लागू भएको छ । शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति परिवार, विद्यालयका कर्मचारीहरूले आफूले गरेको गल्तीलाई महशुस गर्ने संस्कार बसेको कारणले पनि राम्रो वातावरण बनाउनको लागि यी कुराहरू अनुशरण गर्न आवश्यक छ र अभिभावकको पनि अभाव हामीले महशुस गरेका छौँ ।

अभिभावकहरू नतिजा प्रकाशनको समयमा मात्र आउने परिपाटीलाई तोडौँ र शिक्षकसँग, प्रशासकसँग आफ्नो बच्चाको बारेमा जानकारी लिने बानी बसाल्नुपर्छ । जसले गर्दा विद्यालयको वातावरण अझ राम्रो बनाउन सकिन्छ भन्ने मलाई लाग्छ ।

  •  तपाई सुर्खेतको शिक्षा क्षेत्रको अगुवा भएका हिसाबले तपाईको दृष्टिकोणमा अहिलेको शिक्षाको समग्र स्थिति कस्तो छ ?

…..सुर्खेतको शिक्षा क्षेत्रको अगुवा त भन्नुभयो तर मलाई त्यस्तो अगुवा हुँ जस्तो लाग्दैन किनकी म भन्दा धेरै अगुवा मेरा आदरणीय गुरूहरू हुनुहुन्छ । एउटा यूवा पुस्ताले यसरी सम्हालेका कारणले सोच्नुभयो होला ।

अहिलेको शिक्षा क्षेत्रको हकमा भन्दा सरकारी विद्यालयमा पढ्छु या पढाउछु भन्दा पनि हामी समाज भित्रैबाट उपेक्षित हुने वा अपहेलित हुने एउटा संस्कृति गम्भीर ढङ्गको दुरगामी प्रभाव पार्ने असर समाजभित्र दह्रोरूपमा जमेर, जरा गाडेर बसेको छ । त्यसलाई अन्त्य गर्ने कुरा धेरै टाढाको हुन सक्छ ।

कम गर्नको लागि शिक्षित र शिक्षा क्षेत्रमा संलग्न व्यक्तिहरूले राष्ट्रप्रति जवाफदेही भएर शिक्षा क्षेत्रमा काम गर्ने सम्पूर्ण व्यक्तिहरूले खटिएर काम गर्न जरूरी देख्छु । अहिलेको स्थिति हेर्दा त सरकारी विद्यालयका बेञ्चहरू खाली हुने अवस्था छ । नेपालका अधिकांश विद्यालयहरू पतन हुने अवस्थामा छन् । विद्यालयहरू गाभेर पढाउने अवस्था आएको छ । कक्षाकोठा खाली हुने अवस्थामा छन् ।विद्यार्थीभन्दा शिक्षकको संख्या बढी भएको अवश्था छ । त्यसकारण यस दर्दनाक अवस्था नेपाली सरकारी विद्यालमा देखापरेको छ । सरकारी विद्यालय र सिङ्गो सरकारप्रति असक्षमताको आवाज उठाईरहेका छन् । सरकारी विद्यालयबाट केही पनि आशा गर्न सकिँदैन भन्ने जनमानसमा जुन एउटा स्थिति देखा परेको छ, त्यसमा लाचार भएर सरकारी योजनाहरूलाई विफल बनाउने काममा स्वयम् सरकार नै उद्दत भएको वा सरकारी विद्यालयलाई नेतृत्व गर्ने मान्छे नै उद्दत भएको शंका पनि मलाई लाग्छ । किनकी कुनै पनि कार्यक्रमहरू वस्तुनिष्ठ तरिकाले समस्याको पहिचान गरेर वा पहिचान गर्ने प्रयत्न नगरिनु नै दुर्भाग्य हो । समग्रमा १५ वर्षपछि सरकारी विद्यालयका विद्यार्थीहरू कहाँ बिक्ने हो रु आज सरकारी विद्यालयका विद्यार्थीहरू कतार, मलेसियालगायत खाडी मुलुकका लागि जनशक्ति उत्पादन भएका छन् । देशको दक्ष जनशक्ति उत्पादन गर्नमा सरकार साँच्चै असफल नै भएको छ भन्न चाहन्छु ।

यस्तो दर्दनाक अवस्थामा राज्यले शिक्षा क्षेत्रको सुधारका लागि कस्तो खालको नीति ल्याउन आवश्यक छ जस्तो लाग्छ तपाईलाई ?

…..नीति ल्याउने सन्दर्भमा राज्यको लाजमर्दो कुरा २०२८ को शिक्षा नीति अहिलेसम्म कार्यान्वयन गर्दैछ । नेपालमा नयाँ संविद्यान आईसक्यो, सम्पूर्ण ऐनहरू परिवर्तन भईसके तर शिक्षा ऐन परिवर्तन भएको छैन । यो भन्दा लाजमर्दो कुरा के हुन सक्छ रु २१ औँ शताब्दीमा आईपुग्दा पनि कयौँ वर्ष पुरानो ऐन जपेर, त्यसको नाम रटेर हुन्छ रु सबैभन्दा पहिला त मान्छेलाई ऐनले बाँध्न सक्नुप¥यो ।

नियमलाई कार्यान्वयन गर्ने तहमा बसेका मान्छेहरू कार्यान्वयन र अनुगमन नगर्नेहरू सक्रियताका साथ लाग्नु प¥यो । मानौँ कि एउटा पाईलटले थोरै सानो गल्ती गर्दा पूरै जहाज जल्छ । त्यस्तै हो, शिक्षा क्षेत्र पनि । हामी स्वयं शिक्षक, अभिभावकहरू जतिसुकै सचेत भए तापनि हामी यो पाटोमा हाम्रो दायित्व हैन भनेर पन्छिने एउटा परिपाटी छ, यो परिपाटीको अन्त्य हुनुपर्छ ।

शिक्षाको ऐनमा शिक्षकलाई अलि प्रोत्साहन हुने खालको व्यवस्था गर्नुपर्छ, नयाँ–नयाँ प्रविधि आईटी सम्बन्धीका प्रविधिहरू भिœयाउनु आवश्यक छ । पुरानो जनशक्तिलाई विशेष सुविधा दिएर पन्छाएर नयाँ जेनेरेशन २१ औं शताब्दीमा सुहाउँदो खालको जनशक्ति ल्याउने व्यवस्था गर्नु आवश्यक छ ।

म पनि पुरानो भएँ, मैले पनि कक्षामा गएर मल्टिमिडिया कक्षा ‘शो’ गर्न सक्दिन, म भन्दा पहिले नै विद्यार्थीहरूले जानिसकेका हुन्छन् । दक्ष जनशक्ति भिœयाउनु पर्छ र शिक्षा ऐन संशोधन गरेर कार्यान्वयनमा ल्याउन आवश्यक छ । शिक्षामा राजनीतिकरण गर्नु नै दुर्भाग्य हो, यो प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।

 विद्यालयमा कस्तो खालको वातावरण भयो भने विद्यार्थीमैत्री वातावरण हुन्छ ?

….. विद्यार्थीमैत्री वातावरण भनेको विद्यार्थीको चाहनाअनुसार शिक्षण क्रियाकलापहरू हामीले कक्षाकोठामा गर्न सक्यौँ भने विद्यार्थीमैत्री हुन्छ । बच्चाहरूको चाहनाअनुरूप अनुशासित तरिकाले सिकाउने परिपाटी हुनुप¥यो, विद्यार्थीमैत्री भन्ने तर विद्यार्थीहरूले गल्ती गर्दा पनि उसलाई केही नगर्ने, मात्रै विद्यार्थीमैत्री हुँदैन ।

बाटोमा विद्यार्थीहरूले गरेका क्रियाकलाप अभिभावकले देखेका हुन्छन् तर पनि केही नगर्ने गरेको पाईन्छ । त्यसो नभई अभिभावकले पनि आफ्नो सामाजिक दायित्व निर्वाह गर्न आवश्यक छ । विद्यार्थीहरूको आवश्यकता र चाहनाअनुसार शिक्षण क्रियाकलाप गर्नु नै विद्यार्थीमैत्री वातावरण हो ।

उनीहरूलाई नै बढी जिम्मेवार बनाएर जानेका कुराहरू प्रस्तुत गर्ने वातावरण निर्माण गर्नुपर्छ । यो परिपाटीबाट शिक्षण गर्न सकियो भने सरकारी विद्यालयमा पनि एउटा राम्रो विद्यार्थीमैत्री वातावरण हुन्छ ।

एउटा प्रशासकले चाहेमा सरकारी विद्यालयमा पनि एउटा उत्कृष्ट काम गर्न सकि“दो रहेछ हैन ?

……प्राचार्य मात्र केही हुँदैन, म एउटा सहजकर्ता हुँ । म प्रशासक पनि हैन, प्राचार्य पनि हैन, म समन्वयकारी भूमिका गर्ने समन्वयकर्ता हुँ । म कहिले पनि आफूलाई प्राचार्य हुँ भनेर सोच्दिन ।

शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी सबैसँग समन्वय गर्ने समन्वयकर्ताको रूपमा प्रस्तुत भएको छु । समन्वयकर्ताले समन्वय गरिदिएन भने त्यहाँ वितृष्णा आउँछ, त्यहाँ विभेद आउँछ, त्यहाँ प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धा खेलमा हुन्छ, कसैलाई सिकाउने क्रममा प्रतिस्पर्धा गरियो भने त्यहाँ राजनीतिले एउटा रूप लिन्छ, त्यो राजनीतिगत रूप लियो भने पार्टीगत हुन्छ ।

तर त्यसो नभई निष्पक्षरूपमा न्यायिक तरिकाले प्राचार्य अर्थात् प्रशासकले न्यायधीशको भूमिका खेल्न आवश्यक छ । सबैलाई समान ढङ्गले हेर्ने संस्कृतिको विकास गर्नु आवश्यक छ । तपाईको भाषामा म प्राचार्य हैन, मात्र समन्वयकर्ता हुँ ।

शिक्षामा गुणस्तरीयता ल्याउन शिक्षक, अभिभावक र विद्यार्थीले कस्तो खालको भूमिका खेल्न आवश्यक छ ?

=====एकदमै सान्दर्भिक कुरा गर्नुभयो । यो एउटा जल्दोबल्दो विषय पनि हो, पहिलो कुरा त गुणस्तरीय शिक्षा भनेको के हो रु यसैमा अलमलिदै छन् मानिसहरू ।

गुणस्तरीय शिक्षा भनेको ९३ प्रतिशत ल्याउने हैन । गुणस्तरीय शिक्षा भनेको विद्यार्थीको बानी, समाजले पचाउन लायक व्यक्ति हुन सक्यो या सकेन, एउटा मान्छेको व्यवहारमा परिवर्तन ल्याउन सक्यो कि सकेन, शिक्षाको सिद्धान्त भनेको मान्छेको व्यवहारमा परिवर्तन आयो कि आएन रु त्यो कुरा हो । मान्छेको व्यवहारमा परिवर्तन आयो भने आफैमा शिक्षामा गुणस्तरीयता आउँछ ।

शिक्षामा गुणस्तरीयता भन्ने विषयको बुझाईमा नै कमी छ । औषतमा कति आउला त्यो बाहिरबाट देखिएला तर त्यो विद्यालयको अनुशासन कस्तो छ भन्ने हो । विद्यार्थी र शिक्षकबीचको दूरी कस्तो छ, कक्षामा सिकाई क्रियाकलापको पाटो कस्तो छ, बच्चाले कति उत्साहित भएर सिकेको छ, त्यो हो शिक्षामा गुणस्तरीयता भनेको । मेरो जिल्ला शिक्षा कार्यालयले मूल्याङ्कन राम्रो गरोस् वा नगरोस् तर त्यसको लागि विद्यार्थीकोे नजरमा राम्रो भए पुग्छ ।

अभिभावकले आफ्नो बच्चाको घरायसी अवस्था के छ, त्यो विद्यालयमा जानकारी दिनुप¥यो । केही बालबालिका बाबुआमासँग नडराएको अवस्था देखिन्छ । बाक्लोरूपमा अभिभावकको उपस्थिति सरकारी विद्यालयमा भयो भने सरकारी स्कुलले पनि गुणस्तरीय शिक्षा दिन सकिन्छ । पिएचडी गरेको यूवाले बजारमा जाँड खाएर यदि सुत्छ भने गुणस्तरीय शिक्षाले गुणस्तरीय मानवको निर्माण गर्छ रु पक्कै गर्दैन ।

श्रीकृष्ण संस्कृत तथा साधारण उच्च माध्यमिक विद्यालय, ईत्राम सुर्खेतलाई अझ राम्रो बनाउन तपाईको आगामी योजनाहरू के–के छन् ?

……..एउटा समन्वयकर्ताले आगामी योजनाको बारेमा सोच्नैपर्छ र यो सात वर्षसम्म विभिन्न व्यक्तिहरूको संस्थाप्रति जुन खालको माया छ, विद्यालयको उन्नति र प्रगतिका लागि उहाँहरू जस्तोसुकै सहयोग गर्न तयार हुनुुहुन्छ ।

यो नै खुसीको कुरा हो र मेरो व्यक्तिगत योजनाहरूले मात्रै केही सक्दैन, त्यसको लागि शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिलाई राखेर हाम्रा योजनाहरू अगाडि बढाउने सन्दर्भमा असल व्यवहार भएका विद्यार्थीको उत्पादन गर्ने, उनका नतिजाहरूलाई असल बनाउने, शिक्षण क्रियाकलापलाई प्रभावकारी बनाउने, शिक्षकहरूले अध्ययन गरेर पढाउने वातावरण बनाउने, किताबमा मात्र नभई पाठ्यक्रममा केन्द्रित हुने र बच्चालाई सुन्नेलायक कुरा दिने, तयारीका साथ कक्षामा जाने वातावरणको निर्माण गर्न सक्यो भने सम्भव छ ।

किनकी विद्यालय भौतिकरूपमा सम्पन्न छ, आर्थिकरूपमा सम्पन्न छ, जसले गर्दा हामीलाई उक्त कार्य गर्न गाह्रो छैन । विद्यार्थी राख्ने ठाउँ छैन । प्रत्येक कक्षामा तीन÷तीन ओटा सेक्सनहरू छन् । यस्तो अवस्था भएका कारण आजको हाम्रो कार्यप्रति विद्यार्थी, अभिभावकहरूले गरेको विश्वास बचाउन नै चुनौती छ । त्यो चुनौतीका लागि कसरी अगाडि बढ्ने भन्नेमा हामी अर्को ‘एक्सन प्लान’ बनाउँदै छौँ ।

निजी विद्यालयमा मात्रै गुणस्तर हुन्छ, टाईसुट लगाईन्छ, त्यहाँका शिक्षक मात्रै दक्ष हुन्छन् भन्ने मान्यतालाई तोड्दै सरकारी विद्यालयमा निजी विद्यालयभन्दा धेरै गर्न सक्छन् भन्ने कुरा हामी स्थापित गर्न चाहन्छौँ । हाम्रो भावी लक्ष्य भने के त्यही हो ।

 एस्एल्सी नजिक आउ“दैछ, तपाईको विद्यालय विगतका वर्षभन्दा अलि फरक नम्बर ल्याउनेमा कतिको विश्वस्त हुनुहुन्छ ?

……हाम्रा विद्यार्थीहरू मेहेनती छन्, सक्षम छन्, लगनशील छन्, मलाई विश्वास छ विगतको भन्दा धेरै प्रतिशत राम्रो नतिजा आउँछ । म गर्वका साथ भन्छु कम्तिमा ‘ए प्लस’ ल्याउने सम्भावना भएका विद्यार्थीहरू पनि यो वर्ष छन् र एस्एल्सीको नतिजा सुधार्नको लागि शिक्षक–शिक्षिकाहरूले अहोरात्र मेहेनत गरिरहनुभएको छ । विद्यार्थीहरूले पनि रातदिन नभनेर मेहेनत गर्नुभएको छ ।

उहाँहरूले यो बुझ्नु भएको छ कि मेरो जीवनको अस्तित्व पढाईसँंग जोडिएको छ भन्ने बुझ्नुभएको छ । अहिलेसम्मकै रिजल्टको राम्रो इतिहास यस वर्ष आउँछ, मैले आशा गरेको छु तर भन्न सकिँदैन परीक्षा हो ।

अन्तमा भर्खरै विद्यालय अक्षयकोषको स्थापना गर्नुभयो, कोषको अवधारणा कहा“बाट आयो ?

…… अक्षयकोषको अवधारणा के हो भन्दा सरकारी विद्यालयहरू सरकारको भरमा चल्छन्, सरकारले तलबबाहेक अन्य केही दिँदैन । शिक्षकहरूलाई नेपालभरी स्थायी गरेको अवस्था पनि छैन, दरबन्दी दिएको अवस्था पनि छैन । सरकारको भूमिकामा विद्यालय व्यवस्थापन समिति रह्यो, त्यसकारण यो अक्षय कोषको अवधारणा भनेको जबसम्म यो सूर्य रहन्छ, तबसम्म त्यो रकम कसैले खर्च गर्न पाउँदैन ।

बच्चा र अभिभावकको सुरक्षितसँग बचाएर राखेको पैसालाई कसैले पनि कुनै बहानामा खर्च गर्न नपाओस् भनेर र त्यहाँबाट आएको ब्याज, मानौँ वर्षमा दुई लाख आए पनि दश वर्षमा बीस लाख ब्याज आउँछ । जसले गर्दा विद्यार्थीलाई तीन प्रतिशत छात्रबृत्ति दिने प्रावधान छ, हामी दश प्रतिशत विद्यार्थीलाई दिन्छौँ । हिजोका दिनमा जग्गा बेचेर काम चलाएका हौँ तर आज जग्गा किनेको महसुस गरेका छौँ ।

नेपालको पहिलो सरकारी विद्यालय हो, जहाँ विद्यालय अक्षय कोषको स्थापना गर्न सफल भयौँ । यो समग्रमा गुणस्तरीयतामा केन्द्रित छ । विद्यालयमा आईपर्ने साना–साना समस्याहरूको समाधानको लागि यसले सघाउ गर्नेछ ।