२०७७ मंसिर ९, मंगलवार

जिल्ला प्रशासन कार्यालयले छड्के,चेक १ सय ६८ कर्मचारी गयल,२ वटा कार्यालयमा अझै ताला खुलेन

14708114_1711632409157526_8365960614536175253_nसिमकोट हुम्ला
यहाँको जिल्ला प्रशासन कार्यालय हुम्लाले सरकारी कार्यालयहरुमा छडके जाँच गरेको छ । विहीबार विहान १० बजे बाट जिल्ला स्थित सरकारी कार्यलयहरुको हाजिरी सहित कार्यलय खुलेनखुलेको समेत अनुगमन गरेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकास सिटौलाले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी सिटौलाको नेतृत्वामा गएको अनुगमन टोलीले २३ वटा सरकारी कार्यलयको अनुगमन गरेको हो ।

जसमा १४ वटा सरकारी कार्यलय प्रमुख गयल छन । भने १ सय ६४ जना कर्मचारीहरु अनुउपस्थित रहेको सहायक प्रमुख जिल्ला अधिकारी सिटौलाले जानकारी दिएका छन ।

उता जिल्ला वन कार्यलय र जलउत्पन्न प्रकोप नियन्त्रण कार्यलय हुम्लाको भने दशै विदा सकिएको एक हप्ता वितीसक्दा पनि कार्यालयको ढोका पनि नखोलेको समेत जानकारी दिएका छन ।

जिल्लामा सरकारी कार्यलयमा कर्मचारी नबस्ने रोग पुरानै भएकोले यस जिल्लामा कार्यालय प्रमुख देखि कर्मचारी समेत विभिन्न बहाना बनाएर विदामा बस्ने चलन भएको सिटौलाले बताए ।

प्रमुख जिल्ला अधिकारी समक्ष यो कुरा राख्ने र कानुनी कार्वाहीको पहल समेत गरिने सहायक प्रमुख जिल्ला अधिकारी सिटौलाले बताए ।

दशै विदा सकिएको हप्ता दिन भएको र कार्यालय खुलेतापनि कार्यालय प्रमुख सहित कर्मचारी समेत नहुँदा सेवा लिन आउने सेवाग्राहीले पटक पटक अनुरोध गरे पछि जिल्ला प्रशासन कार्यालय हुम्लाले विहीबार छड्के अनुगमन गरेको जिल्ला प्रशासन श्रोतले बताएको छ ।
कार्यालय प्रमुख विहीन ,जिल्ला शिक्षा कृषि, वन,पशु,हुलाक,मालपोत,नापी, कोष तथा लेखा नियन्त्रक कार्यालय,जिविस,जिल्ला प्राविधिक,खानेपानी,निर्वाचन,सरकारी वकील कार्यालय, जिल्ला अनुसुन्धान, हिल्सा सडक कार्यालय, महिला तथा बालबालिका कार्यालय, लगायतका कार्यालयका कार्यलय प्रमुख सहित कर्मचाररी विहिन भएका छन ।
कार्यालय प्रमुख जिल्ला स्वास्थ कार्यालय,विद्युत,राष्ट्रिय बाणिज्य बैक गरी ३ वटामात्र सरकारी कार्यालय प्रमुख रहेका छन ।
उता जिल्ला प्रशासन कार्यालय नै प्रमुख जिल्ला अधिकारी नभए पछि जिल्लामा कायन्वर्यनमा समस्या आएको हो ।
सरकारी कार्यालयका कार्यालय प्रमुखहरुको बैठ्कमा जनताको काममा ढिलासुस्ती नगर्न र आफुखुसी विदामा नबस्ने निर्देशन दिएको तर कर्मचारीहरु धेरैजसो समयमा विभिन्न वाहाना बनाएर विदामा बस्न थालेपछि सहायक प्रजिअले सिटौलाले बाध्य भएर अनुगमन गर्नु परेको समेत बताएका छन ।
सरकारी कार्यलयमा अनुगमन गर्ने क्रममा समयमै नै कार्यलयमा नआउने कार्यलयका हाजिरी समेत जिल्ला प्रशासन कार्यालय हुम्लाले नियन्त्रणमा लिएको छ ।
यता सेवाग्रहीले भने सरकारी कार्यालयको नियमित अनुगमन गर्नुपर्ने जोड दिएका छन ।