२०७७ मंसिर १७, बुधबार

बन्धु विकासको १० औ वार्षिक साधारण सभा

14807971_1684233241905164_1829832213_oसुर्खेत, वीरेन्दनगरमा रहेको बन्धु विकास बहुउद्देशियीय सहकारी संस्था लिमिटेड को १० औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभा सहकारीका अध्यक्ष टेक बहादुर शाहीको सभापतित्व तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्षय गणेशकञ्चन भारतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा अध्यक्ष शाहीले प्रगति प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा समितिका संयोजक केशव बहादुर शाहीले प्रस्तुत गरेका थिए ।

व्यवस्थापक शाहीले संस्थाका विभिन्न शिर्षकमा गरि हालसम्म रु १ करोड २८ लाख ७ सय १२ रुपैया निक्षेपमा रहेको र बन्धु किास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आ.व. ०७२÷७३को संयुक्त वासलात विवरण १ करोड २० लाख ४ हजार ४ सय १२ रुपैया रहेको जानकारी गराइएको थियो ।

कार्याक्रममा कर्जा नियमित भुक्तानी गर्ने शेयर सदस्य गंगामाल पाउरोटीका संञ्चालक विपिन भुमियार,देउती नर्सिङ होमका संञ्चालक खगेन्द्र थापा,प्रेम बहादुर नेपालीलाई सम्मान गरेको थियो भने उत्कृष्ट बचतकर्ता प्राइम बचतका गोविन्द पाणडे,राम बहनदुर शाही,ओम प्रकाश पौडेल,बसन्ती राना उत्कृष्टमा सम्मान भएका थिए ।

भने निक्षेप कर्ता राधिका खत्री सम्मानित भएका थिए । उत्कृष्ट बजार प्रतिनीधि नन्दा पाण्डे, ढाकाराम बिसी,दिपकराज रेग्मीलाई सम्मान गरेको थियो ।

कार्याक्रममा प्रमुख अतिथी रहेका नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्क्षय गणेश कञ्चन भारतीले जिल्लामा सहकारीहरुलाई लाईसेन्स दिने काम मात्रै नभएर राज्यले नियमन र नियमीत अनुगमन समेत गर्नुपर्ने बताएका थिए ।

उनले नेपालको आर्थीक क्षेत्रको विकासमा सहकारी क्षेत्रले पुर्याएको योगदानको प्रशंसा गर्दै भारतीले यस्लाई निरन्तरता दिन समेत शुभकामना दिएका थिए ।

कार्याक्रममा बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष रेशम बहादुर शाही,सचिव कृष्णप्रसाद रेग्मी संञ्चालक सुरेन्द्र बहादुर शाही,संञ्चालक समितिका सदस्य बिरमाया खत्री,राज्यलक्ष्मी रावल, समितिका सल्लाकार गोमा वली,कर्जा संयोजक प्रकाश कुमार शाही,जिल्ला शिक्षा कार्यालय जाजरकोटका विद्यालय निरिक्षक यज्ञश्वर खत्री,मान बहादुर गिरी सनराइज बचत सहकारी संस्थाका चितवनका व्यवस्थापक नगेन्द्र बहादुर रिजाल,मुन बचत सहकारी संस्थाका चितवनका श्रीराम कुकेल, गणेशजल बहुउद्देश्यीय सहकारी संस्थका अध्यक्षय प्रेम बि.सी बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्य ललिता आचार्य उपस्थित रहेका थिए ।