२०७७ मंसिर १८, बिहीबार

पर्वमा शान्तिसुरक्षाको योजना – ‘सम्पादकीय’

विगतका तुलनामा यसपटकको महान पर्व दशै सुखदै रह्यो सुर्खेतका लागि । मुख्य गरि शान्ति सुरक्षाका दृष्टीकोणले दशै अमन चयनको रह्यो । दशैले आम नागरिकमा उत्साह ल्यायो र उत्साहमय ढंगले विदा भयो ।

दशै मुलत जाडरक्सी जुवातास या विवादका बिचबाट अशान्तिका बिचबाट बित्दथ्यो । यसपटका भएन । दशै सबै नागरिक र सबै क्षेत्रका लागि सुखद हुनु राम्रो हो । जुन सुकै तरिका अपनाएको होस शान्ति सुरक्षामा यसपटक प्रहरी प्रशासन पनि चनाखो देखियो र वीरेन्द्रनगर खासमा त्यस्तो समस्यमा रहेन ।

धेरैको अपेक्षा दशै जस्तै तिहार पनि शान्तिपुर्ण होस भन्ने छ । त्यसका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतले तिहारलाई शान्तिपुर्ण बनाउन विभिन्न योजनामा काम गरिरहेको बताएको छ । त्यो अन्तरगत जिल्ला प्रहरी कार्यालय सुर्खेतले घरेलु मदिरा नियन्त्रण अभियान सुरु गरेको छ ।

केही समय सुस्ताएको यो अभियानलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले तिहार नजिकिएसंगै निरन्तरता दिएको छ । यो अभियान अन्तर्गत वीरेन्द्रनगर नगरका विभिन्न स्थानबाट शुक्रबार मात्रै तीन हजार ५ सय लिटर बराबरको मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

शुक्रबार विभिन्न तीन टोलीले विभिन्न ठाउँबाट एक हजार ५० लिटर तयारी घरेलु मदिरा, करिब २ हजार पाँच सय लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ जाँड र १२ थान मदिरा बनाउन प्रयोग गरिने भाँडा बरामद गरेको छ ।
यसरी चाडपर्वलाई लक्षित गरि गरिएको प्रहरीको कामले तिहार शान्तिपुर्ण बनाओस ।

त्यतिमात्रै होइन तिहारपछि पनि प्रहरीको शान्तिपुर्ण बनाउने अभियानले सार्थकता पाओस । आम नागरिकहरु सधैभर पर्वको जस्तै अमन चयनले बाचुन । त्यसका लागि प्रहरी प्रशासनले आम सर्वसाधारण नागरिकसग सहकार्य समेत गरोस ।