२०७७ मंसिर १३, शनिबार

बक्तित्वकला प्रतियोगिता

बक्तित्वकला प्रतियोगिता एबम् बालमैत्री फिल्म ज्बती प्रर्दशन गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र यूथफरको समन्वयमा नगरस्तरीय बाल संजालको आयोजनामा शनीबार कार्यक्रम सम्पन्न भएको हो ।

‘बालमैत्री नगरबनाउन हाम्रो भूमिका’ विषयक बक्तित्वकला प्रतियोगितामा वीरेन्द्रनगर नगरपालिका –२१ की पूर्णीमा आचार्य प्रथम, १४ का ललित बुढामगर द्धितीय, १९ का ईश्वर शर्मा तृतीय र १ का झलक आचार्य सान्त्वना भएका छन् ।

प्रतियोगिता नगर बाल संजालका अध्यक्ष अस्मीता सापकोटाको सभापतित्व र वीरेन्द्रनगर नगपालिकाको कार्यालयका प्रशासकीय अधिकृत दिपेन सुबेदीको प्रमूख आतिथ्यमा भएको हो ।

कार्यक्रममा स्याक नेपालका कायक्रम अधिकृत तेज सोनाम विननपा कार्यालयकी बरिष्ठ सामूदायक परिचालक निर्मला भट्राई,संगम नाट्य समूहका महासचिब नबराज खराल निर्णायक रहेको युथ फर चिल्डेन का सहसचिव तिलक पौडेलले जानकार दिए ।