२०७७ माघ ११, आईतवार

आलोपालोको नवौँ साधारण सभा सम्पन्न

20161022_120500-1आउदो तिहारमा स्वदेशी फुलको माला मात्र प्रयोग गर्ने निर्णय

सुर्खेत – आलोपालो बचत तथा ऋण सहकारी संस्था लि वीरेन्द्रनगर १३ सुर्खेतको नवौँ वार्षिक साधारण सभा तथा तेस्रो चुनावी सभा सम्पन्न भएको छ । साधारण सभाले आ.व ०७२।०७३ को कुल कारोवार रु ५०३६१९८०।०४ वरावरको आर्थिक तथा प्रगती प्रतिवेदन संस्थाका सचिव जगत बहादुर वि.सीले प्रस्तुत गर्नु भयो । कार्यक्रममा लेखा समितिको तर्फवाट लेखा समिति संयोजक गणेश वलीले प्रतिवेदन पेश गर्नुभयो ।

कार्यक्रममा प्रमुख अथिति तथा जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत बहादुर वि.सीले सहकारीले जनताको आर्थिक स्तर सुधारमा टेवा पु¥यायको स्मरण गर्दे, सहकारीको मार्फत गरिवी न्यूनीकरण तथा परनिर्भरतालाइ हटाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै बचत तथा ऋण सहकारी संघ सुर्खेतका प्रतिनिधी विष्णु प्रसाद तिवारीले सहकारीले न्युन आय स्तर भएका जनताको जिवन स्तर उकास्न अझै लाग्नु पर्नेमा जोड दिनु भयो ।

साधारण सभाले बाह्य वस्तुको प्रयोगलाइ न्युनीकरण गरि स्थानिय स्तरमा उत्पादन गर्ने साथै उत्पादीत वस्तुको प्रयोग गर्ने निर्णय गरेको छ । साथै २०७३ सालको तिहार बाट लागु हुने गरि संस्थाका करिव ४०५ शेयर सदस्यहरुले अनिवार्य रुपमा स्वदेशमै उत्पादीत स्थानिय फुलको माला मात्र प्रयोग गर्ने र आयातित मालालाइ निरुतसाहीत गर्ने निर्णय पारित गरेको छ । साथै स्थानिय र स्वदेशी मालाको उत्पादन र प्रयोगको लागि सवैलाइ अनुरोध गर्ने समेत निर्णय पारित गरेको छ ।

साधारण सभाले आगामी तिन वर्षको लागि नयाँ कार्यसमिति समेत चयन गरेको छ । जसको अध्यक्षमा जगत बहादुर विसी, उपाध्यक्ष अरुणा वली, सचिव कुल बहादुर खत्री, सहसचिव गणेश वली, कोषाध्यक्ष धन बहादुर खत्री र सदस्यहरुमा क्रमस एलिना गौतम, इन्द्र बहादुर चन्द, हरि बहादुर खड्का र पदम बहादुर वलीलाइ चयन गरेको छ । कार्यक्रम अमृत वि.सीको प्रमुख आथित्यता र संस्थाका अध्यक्ष शुरेस कुमार वलीको अध्यक्षतामा सम्पन्न भएको छ ।