२०७७ माघ ४, आईतवार

असहाय बुढा मगरका दुई भाइलाई रकम हस्तान्तरण

14813326_1197425063648638_157633091_oघोराही,  कात्तिक घोराही नगरपालिका—६ ढोरनीका असहाय बालक शरद बु ढा मगर र सुरेन्द्र बुढा मगरलाई आइतबार घोराहीमा सहयोग रकम हस्तान्तरण गरिएको छ । नेपाल मगर पत्रकार संघ दाङ शाखाको पहलमा साउदी अरवमा रहेका विभिन्न ब्यक्तिहरुको सहयोग रकम हस्तान्तरण गरिएको हो ।

नेपाल मगर पत्रकार संघ दाङ शाखाका अध्यक्ष रेखा मगरको अध्यक्षता तथा केन्द्रीय सदस्य प्रेमबहादुर राम्जा मगरको प्रमुख आतिथ्यतामा सहयोग रकम हस्तान्तरण गरिएको हो । साउदीबाट प्राप्त रकम ५४ हजार ६ सय रुपैया रकम बालककी दिदी सरस्वतीलाई हस्तान्तरण गरिएको थियो ।

मगर पत्रकार संघका सदस्य विमला घर्ती मगरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा सहयोगीदाता चुनबहादुर बुढा मगरले बालकहरुको सहयोगका लागि आर्थिक संकलनलाई जारी राखेको बताउनुभएको थियो । कार्यक्रमको सञ्चालन नेपाल मगर पत्रकार संघका जिल्ला सदस्य प्रकाश पुनले गर्नुभएको थियो ।

त्यस अवसरमा शरद बुढा मगर र सुरेन्द्र बुढा मगरका लागि कपडा, कापी तथा कलम पनि हस्तान्तरण गरिएको थियो । उनीहरुको सहयोगका लागि साउदीबाट चुनबहादुर बुढा मगर, भिमसेन घर्ती मगर, रमेश बुढा मगर, चमार बुढा मगर, हिमाल घर्ती मगर, कविराज खत्री, मानबहादुर रोका, सविन बुढा मगर, मुस्कान घर्ती मगर र जलजला मार्केटबाट रकम संकलन गरिएको थियो ।

सुरेन्द्र र शरदका बुवा दुई बर्ष अगाडी साउदी अरवमा कामको सिलसिलामा निधन भएको थियो भने आमाको गएको साउन महिनामा हृदयघातका कारण निधन भएको थियो । बुवा÷आमाको निधन भएपछि उनीहरुको विचल्ली भएको थियो । ६ बर्षका शरद बुढा युकेजीमा पढ्छन् भने १२ बर्षीय सुरेन्द्र कक्षा ६ मा पढ्दै आए का छन् । उनीहरुले घोराहीमा रहेको लालीगुरास बोर्डिङ स्कुलमा पढ्दै आएका छन् ।

मगर पत्रकार संघको पहलमा शरद बुढा मगर र सुरेन्द्र बुढाको शिक्षाका लागि रकम संकलन अभियान सुरु भएपछि हालसम्म करिव १ लाख संकलन भएको छ । हालसम्म साउदीबाट ५४ हजार ६ सय, मिरुल समाजले३२ हजार, मगर क्रियसनले दश हजार र नेपाल मगर पत्रकार संघले दुई हजार गरी ९८ हजार ६ सय रुपैया संकलन भएको छ ।

घोराही नगरपालिका—६ ढोरनीका असहाय बालक शरद बुढा मगर र सुरेन्द्र बुढा मगरलाई आइतबार घोराहीमा सहयोग रकम हस्तान्तरण गरिएको छ । नेपाल मगर पत्रकार संघ दाङ शाखाको पहलमा साउदी अरवमा रहेका विभिन्न ब्यक्तिहरुको सहयोग रकम हस्तान्तरण गरिएको हो ।

नेपाल मगर पत्रकार संघ दाङ शाखाका अध्यक्ष रेखा मगरको अध्यक्षता तथा केन्द्रीय सदस्य प्रेमबहादुर राम्जा मगरको प्रमुख आतिथ्यतामा सहयोग रकम हस्तान्तरण गरिएको हो । साउदीबाट प्राप्त रकम ५४ हजार ६ सय रुपैया रकम बालककी दिदी सरस्वतीलाई हस्तान्तरण गरिएको थियो ।

मगर पत्रकार संघका सदस्य विमला घर्ती मगरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा सहयोगीदाता चुनबहादुर बुढा मगरले बालकहरुको सहयोगका लागि आर्थिक संकलनलाई जारी राखेको बताउनुभएको थियो । कार्यक्रमको सञ्चालन नेपाल मगर पत्रकार संघका जिल्ला सदस्य प्रकाश पुनले गर्नुभएको थियो ।

त्यस अवसरमा शरद बुढा मगर र सुरेन्द्र बुढा मगरका लागि कपडा, कापी तथा कलम पनि हस्तान्तरण गरिएको थियो । उनीहरुको सहयोगका लागि साउदीबाट चुनबहादुर बुढा मगर, भिमसेन घर्ती मगर, रमेश बुढा मगर, चमार बुढा मगर, हिमाल घर्ती मगर, कविराज खत्री, मानबहादुर रोका, सविन बुढा मगर, मुस्कान घर्ती मगर र जलजला मार्केटबाट रकम संकलन गरिएको थियो ।

सुरेन्द्र र शरदका बुवा दुई बर्ष अगाडी साउदी अरवमा कामको सिलसिलामा निधन भएको थियो भने आमाको गएको साउन महिनामा हृदयघातका कारण निधन भएको थियो । बुवा÷आमाको निधन भएपछि उनीहरुको विचल्ली भएको थियो । ६ बर्षका शरद बुढा युकेजीमा पढ्छन् भने १२ बर्षीय सुरेन्द्र कक्षा ६ मा पढ्दै आएका छन् । उनीहरुले घोराहीमा रहेको लालीगुरास बोर्डिङ स्कुलमा पढ्दै आएका छन् ।

मगर पत्रकार संघको पहलमा शरद बुढा मगर र सुरेन्द्र बुढाको शिक्षाका लागि रकम संकलन अभियान सुरु भएपछि हालसम्म करिव १ लाख संकलन भएको छ । हालसम्म साउदीबाट ५४ हजार ६ सय, मिरुल समाजले ३२ हजार, मगर क्रियसनले दश हजार र नेपाल मगर पत्रकार संघले दुई हजार गरी ९८ हजार ६ सय रुपैया संकलन भएको छ ।