२०७७ कार्तिक ९, आईतवार

शिक्षा पत्रकार समुहको अध्यक्षमा ओली

khemrajसुर्खेत, १३ साउन ।
सुर्खेतमा क्रियाशिल पत्रकारहरुको भेलाले हाम्रो नयाँ नेपाल दैनिकका संवाददाता खेमराज ओलीको अध्यक्षतामा शिक्षा पत्रकार समुह गठन गरेको छ । भेलाले ओलीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

समितिको ११ सदसिय समितिको उपाध्यक्षमा लोकमञ्च दैनिकका दिपक शाही, सचिवमा सुशासन साप्ताहिकी सविता जिसी, सहसचिवमा काँक्रेविहार दैनिकका डिलप्रसाद शर्मा, कोषाध्यक्षमा रेडियो प्रदेश एफ एमकि चाँदनी केसी रहनु भएको छ ।

यस्तै सदस्यमा रेडियो प्रदेश एफएमका राजेन्द्र विक्रम शाही, जागरण एफ एमका टेकराज केसी, सुर्खेत पहिचान दैनिककि मुना हमाल, हाम्रो अखवार दैनिककि जानकी शाही, हाम्रो नयाँ नेपाल दैनिकका यज्ञवहादुर खत्री र बुलबुले एफएमकि नन्दा वस्नेत रहनु भएको छ । भेलाले श्रीधर पौड्याल, गणेशकञ्चन भारती, ललित वसेल, ललित वुढा, आकाशतारा बयक र प्रकाश पन्तलाई शिक्षा पत्रकार समुहको सल्लाहकारमा चयन गरेको छ ।