२०७७ मंसिर १४, आईतवार

घरेलु मदिरा नियन्त्रण अभियान एकै दिन २२ सय लिटर बरामद

सुर्खेत, घरेलु मदिरा नियन्त्रण अभियानलाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार ठुलो मात्रामा तयारी मदिरा बरामद गरेको छ ।

घरेलु मदिराले सामाजिक अपराध बढेको गुनाशो आएपछि यो अभियानलाई तीव्रता दिएको प्रहरीले आइतबार मात्रै २ हजार २ सय लिटर मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले बीरेन्द्रनगर नगरपालिकाका विभिन्न ठाउँबाट उक्त परिणामको घरेलु मदिरा बरामद गरेको हो ।

वीरेन्द्रनगर नगरपालिको बाँङ्गेसिमल लगायतका वडा एरियाहरुबाट बरामद गरिएको प्रहरीले जनाएको छ । जसमध्ये घरेलु मदिरा ५० लिटर तथा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ करिब २ हजार २ सय लिटर बरामद भएको छ ।

यस्तै घरेलु मदिरा उत्पादन गर्न प्रयोग गरिने भाँडा थान १० समेत बरामद गरी आवश्यक कारबाहिको लागि करदाता सेवा कार्यालय सुर्खेतमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

केही दिन अगाडि पनि प्रहरीले वीरेन्द्रनगर नगरपालिकाका विभिन्न स्थानबाट तीन हजार पाँच सय लिटर तयारी घरेलु मदिरा र कच्चा पदार्थ बरामद गरेको थियो ।