२०७७ माघ १४, बुधबार

हिलेमा कृषिप्रति आकर्षण विदेश वाट फर्किएर तरकारी खेतीमा

finalसुर्खेत । धारापानी हिलेका कृषकले तरकारी खेतीबाट जिविकापार्जन गर्दै आएका छन ।
परम्परागत खेतीपातीले जिविकोपार्जन गर्न धौ धौ भएपछि हिजोआज स्थानीय कृषक व्यावसायिक तरकारी खेतीप्रति आकर्षित हुन थालेका छन । हाल सो क्षेत्रका कृषकका लागि तरकारी खेती आयआर्जनको विकल्पका रुपमा रहेको छ ।

परम्परागत रुपले तरकारी खेती थालेका उनीहरुले तरकारीबाट आफनो परिवार पाल्ने खर्च तरकारी बाट हुने गरेको छ । त्यस्तै सोहि स्थानका केही कृषकहरु बाख्रा र व्यवसायिक भैसी पालनतर्फ आकर्षित भएका छन ।

 सो क्षेत्रका कृषकहरु बेमौसमी तरकारीबाट कमाई राम्रोे भएको बताएका छन । यो भन्दा आगाडि हिले वडा नं ५ का अधिकंश युवा भारततिर कमाउन जाने भए पनि हाल भने स्थानिय स्तरमै तरकारी खेतीगर्ने गरेका छन ।

केही वर्ष अघि युएसआडी नेपाल सिप्रेडले बिऊ बिजण वितरण गरेपछि कृषकहरुमा तरकारी खेतीमा रुची जागेको स्थानीयको भनाइ छ ।

आफुहरुले उत्पादन गरेको तरकारी अनुसार हाल तरकारीले मुल्य नपाएकोमा किसानहरु चिन्ता व्यक्त गरे ।
स्थानीय कृषक गोपाल खडकाले भने आफनै गाँउ तरकारी खेती र गाई भैसी पाल्दै आएको ५ वर्ष भएपनि आफुहरुले गरेको मेहनत अनूसार मुल्य र बजार नपाएको गुनासो गरे ।

त्यो संगै तरकारी खेतीमा लाग्ने सामान्य रोगको उपचार विधि नजान्दा पनि समस्या आएको किसानहरुको चिन्ता छ । यस्मा आफूहरुलाई विभिन्न तालिम तथा अनुशिक्षण कार्यक्रमको जरुरी रहेको उनले बताए ।

विभिन्न समस्याका बाबजुद वर्षमा एउटा किसानले बढि खतबारी भएकोले झण्डै ५ लाखसम्मको तरकारी उत्पादनबाट कमाइ गरेको छ ।

धारापानी ५ की कृषक रती वलीले मेहनत गरे वर्षमा १ लाखसम्म तरकारी उत्पादन गरेर बिक्री गर्न सक्ने दावी गरिन । स्थानीय बोटेचौर बजारमा तरकारी पुर्याए हेरेर केजिको ५० रुपैया सम्म आफुहरुले मुल्य पाउने गरेको र भारीयालाई केजीको १० रुपैया दिनु पर्ने भएकोले नाफा कम हुन गरेको र कहिले बजारमा व्यापारीहरुले कम मुल्य दिने गरेको वलीको भनाई छ ।

कहिले तरकारी भाऊ घटेमा २० देखि २५ रुपैयामा बेच्नु गरेको किसानको भनाई छ । अरुको तुलनामा आलु खेतीवाट धेरै फाइदा हुने गरेको किसानको भनाई छ ।

काउली बन्दा,टमाटरमा रोग लाग्छ । तालिम पाएको भए कुन रोग लाग्यो भनेर थाहा पाउथ्यौ । तालिम पाएका छैनौ । वर्ष भरीको मिहनेत मात्र खेर जाने होकी भन्ने चिन्ताले सताउने गरेको किसानहरुको भनाइ छ ।

हिलेका मोहवीर वर्षमा ६० हजार कमाउथे भने यो वर्ष चिन्तित भएका छन । काउलीका पातमा पहेलो रोग लागेपछि । चिन्तित भएका हुन ।

यो ५ देखि ६ क्वीन्टल सम्म काउली उत्पादन हुने आशा गरेको वली काउली घाटाहुने होकी भन्ने निराशा बनेका छन ।
मोहवीरले काउली मात्रै उत्पादन गदैन बन्दा,टमाटर,घिऊ करेला आलु,सुन्तला,कागती फर्सी,सिमी,चना,केराऊ जस्ता तरकारी खेती गदै आएको १६ वर्ष भएको बताउछन ।

यो वर्ष कमाई हुदैन की भन्ने चिन्ताले सताउने गरेको बताउछन । हिले ५ की डिलसरी वली अघिको वर्ष एक केजी सम्मको एउटै आलु फलाएकी थिइन ।

उनको उदेश्य छ यो वर्ष आलु मात्रै १० क्वीन्टल फलाउने । डिलसरीका श्रीमान जस्तै सो गाउका अन्य श्रीमान पनि पहिले पहिले पैसा कमाउन भारत जाने भएपनि पछिल्ला वर्ष गाँउका बारीभरी तरकारी फलाउन थालेपछि विदेश गएका पनि फर्किएका छन ।