२०७७ माघ ९, शुक्रबार

अस्थायी शिक्षकलाई भीमसेन दास प्रधानको सुझाव ःमाग पूरा गर्ने हो भने आमरण अनशन बस्नुहोस्

अस्थायी शिक्षकद्धारा तिहार र छठमापनि आन्दोलन गर्ने चेतावनी

asthai-sishakकाठमाडौं, ८ कार्तिक । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले वर्तमान शिक्षा ऐन २०७३ को विरोध गर्दै उक्त ऐनमा आफूहरुले भनेबमोजिम बुँदाहरु संशोधन नगरे तिहार र छठमापनि आन्दोलन जारी राख्ने चेतावनी दिएको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले पाँच बुँदे मागसहित आन्दोलन गर्दा समेत सरकारले अहिलेसम्म नसुनेको भन्दै आफूहरु तिहार र छठमा पनि आन्दोलन जारी राख्ने तयारीमा रहेको चेतावनी दिएको हो ।

कार्यक्रममा समितिका केन्द्रीय अध्यक्ष निरेन्द्र कुँवरले आफूहरुले यसअघि पनि विभिन्न आन्दोलन तथा संघर्षका कार्यक्रमहरु गरिसकेकोले यसपटक राज्यले आफ्ना मागहरु सम्बोधन नगरे कडा रुपमा प्रस्तुत हुने र देशव्यापी शैक्षिक संस्थामा पठनपाठन ठप्प पार्ने चेतावनी दिए ।

कार्यक्रममा नेकपा एमालेका सांसद प्रकाश ज्वालाले राज्यले अस्थायी शिक्षकहरुको माग पूरा गर्नको लागि नयाँ शिक्षा ऐन संशोधन गर्नुपर्ने बताएका छन् ।

ज्वालाले भने,‘अस्थायी शिक्षक आवश्यक भएकोले नै राज्यले राखेको हो नि, नभए किन राख्थ्यो र ?’
उनले अस्थायी शिक्षकको जिन्दगी बेवारिसे बनाउने काम ठिक नभएको भन्दै आफ्नो पार्टी अस्थायी शिक्षकको मागमा एक्यबद्ध रहेको जनाए ।

उनले अस्थायी शिक्षकहरुको माग पूरा गराउनको नवौ संशोधन चाँडो भन्दा चाँडो आउनुपर्ने समेत बताए । उनले आन्दोलनबाट राजतन्त्र फालिएको भन्दै अस्थायी शिक्षको माग पूरा गराउनको लागि आन्दोलनबाट एउटा दुईवटा दफा फाल्न त्यति गाह«ो काम नभएको समेत ठोकुवा गरे ।

त्यस्तै कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधानले माग पूरा गराउनको लागि अस्थायी शिक्षकहरुलाई आमरण अनशन गर्न सुझाव दिएका छन् । प्रधानले थपे,‘यो देशमा आमरण अनशन नबसिकन राज्यले सुन्दैन, त्यसैले तपाईहरु पनि आमरण अनशनमा बस्नुहोस् ।

’उनले अस्थायी शिक्षकहरुको माग पूरा गर्नको लागि आफ्नो पार्टी गम्भिर भएको भन्दै संसदमा यो विषयमा कुरा उठाउने समेत प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले अस्थायी शिक्षकहरुको माग पूरा गराउनको लागि सरकार जिम्मेवार रहेको उल्लेख गर्दै वार्ता तथा सहमतिबाटै निकास खोज्नुपर्ने बताए ।

उता समितिले शिक्षा ऐन २०७२ अनुसार ०७२ असोज २ गतेसम्मका सम्पूर्ण अस्थायी शिक्ष्कलाई स्थायी प्रक्रियामा लैजानुपर्ने, उमेरहदका कारण अवकाशमा परेका स्थायीको प्रक्रियामा पर्न नसकेका शिक्षकलाई औषधि उपचार र उपदानको सुविधान दिनुपर्ने, द्धन्द्धपीडित तथा विस्थापित शिक्षकलाई निश्काशित सेवा अवधि गणना हुने गी पूनर्वहाली तथा स्थायी गर्नुपर्ने लगायतका ५ बुँदे मागहरु अघि सारेको छ ।