२०७७ कार्तिक १४, शुक्रबार

विकासलाई पछाडि नधकेलौ

hnnnशान्ति सुशासन स्थीर राजनितिक व्यवस्था र समग्र विकाशका लागि हामि जुट्नेबेला भएको कथा हामि पटक पटक हालिरहेका हुन्छौ तर अहिलेपनि मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले दिएको आकडा अनुसार हामि बन्द हड्तालको सस्कृतिमा बाचिरहेका छौ । रमाइरहेका छौ । हामिले हाम्रो सम्बृद्धिलाई आफैले रोकिरहेका छौ भन्ने कुराको शन्देश यो तथ्याकंले दिन्छ ।

गत एक वर्षको अवधिमा मात्रै मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा अस्ती भर्खर विप्लव माओवादीले गरेको बन्दसहित १ सय ७३ पटक बन्दका कार्यक्रम भएका छन् । जस्ले हाम्रो अर्थतन्त्रलाई धेरै पछाडि धकेलेको छ ।

विभिन्न मागहरु राख्दै यहाँका राजनीतिक दलहरु र विभिन्न समूह, संगठनहरुले जम्मा एक सय ३८ पटक जिल्ला बन्द र ३५ पटक यातायातन बन्द गरेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतको तथ्याङकमा उल्लेख गरिएको छ । गएको एक वर्षको अवधिमा आफ्ना मागहरु पुरा गराउन भन्दै १३ पटक चक्काजाम समेत भएको प्रहरीको तथ्यांकमा छ ।

यस क्षेत्रमा एक वर्षमा १४ पटक धर्ना तथा घेराउ कार्यक्रम भएका छन् । १६ पटक मसाल जुलुस निकालिएको र ४९ पटक बिभिन्न स्थानमा तालाबन्दीका गरिएकोको तथ्याङकमा उल्लेख छ । आर्थिक वर्ष २०७२÷०७३ को पुष, माघ, फागुन, बैशाख र असार महिना बाहेक अन्य सबै महिनामा जिल्लाहरु बन्द भएका छन् ।
यो तथ्यांक हेर्दा असाध्यै डरलाग्दो अवस्था छ मध्यपश्चिममा । यस्ले मध्यपश्चिमको स्थिरतामा विकाशमा बाधक बन्ने निश्चीत छ । कुनैपनि हालतमा हामिले गरिरहेका यस्ता क्रियाकलाप सामाजिक बिकास र आर्थीक विकाश दुवैका लागि राम्रो होइनन् । शान्तिपुर्ण ढंगले प्रजातान्त्रीक रुपमा विरोध प्रर्दशन गर्न पाउने अधिकार सबैको छ । तर विकाशलाई नै पछाडि पार्ने गरि विरोधका कार्यक्रम नगरौ ।